पेटको दुखाई पत्ता लगाउन ल्याप्रोस्कोपी



Download our app to get more features

छिल्लो समय डाइग्नोस्टिक ल्याप्रोस्कोपी प्रविधि प्रभावकारी बन्दै गएको छ ।

लामो समयसम्म महिलाको पेट दुखेको समस्या पत्ता लाग्न नसकेको अवस्थामा यो विधीबाट धेरैले सेवा पाउन थालेका छन् । अल्ट्रासाउण्ड गर्दा समेत पत्ता लगाउन नसकेको अवस्थामा डाइग्नोस्टिक ल्याप्रोस्कोपबाट रोगको पत्ता लगाउन सकिन्छ । 

के हो ल्याप्रोस्कोपी 
ल्याप्रोस्कोपी भनेको रोगको पत्ता लगाउने र पत्ता लगाएसँगै त्यसको समाधान गर्ने प्रविधि हो । यसमा नाइटो मुनि सानो प्वाल पारेर पेटभित्र दुर्बिन छिराएर त्यहा भएकोे समस्याको हेर्ने गरिन्छ । यस प्रविधिबाट पेटभित्र रहेको समस्या पत्ता लगाएसँगै शल्यक्रिया गर्न सकिन्छ ।

कस्तो अवस्थामा गर्ने
महिलाको पेटको समस्याहरू जस्तै तल्लो पेट दुखिरहने, दुखाई कम गर्ने औषधि सेवान गर्दा ठीक हुने र पछि फेरि दुखाई सुरु हुने, क्रोनिक पेल्भीक पेन भएका बिरामीलाई डायग्नोस्टिक ल्याप्रोस्कोपी गरेर जाँच गरिन्छ । महिलाहरूको यस्तो समस्यामा भिडियो एक्स–रे गर्दा कुनै समस्या नदेखिने, रगत, पिसाब जाँच गर्दा पनि पत्ता नलाग्ने, रिर्पोट सामान्य आउने हुन्छ । यस्तो अवस्थामा डाइग्नोस्टिक ल्याप्रोस्कोपी गरिएमा रोगको पत्ता लगाउन सकिन्छ । सानो दुर्बिन पठाएर पाठेघरमा मासु पलाएको, पाठेघरको बनावट, पाठेघर फुलेको, अण्डाकोष (इखबचथ) मा मासु पलाएको, पानी वा रगत जमेको ल्यापारोष्कोपिक प्रविधिबाट निकाल्न सकिन्छ । 

इन्डोमेट्रियोसीस् रोगका कारण पेट दुखाईमा औषधि सेवन गर्दा समेत निको हुँदैन । लामो समयसम्म दुख्ने, यौन सम्पर्क गर्दा दुख्ने, दिशा गर्दा दुख्ने, महिनावारीमा हुने समस्यामा फाइदा हुन्छ । यस्तो समस्या अल्ट्रासाउण्डमा देखिदैन जसका लागि ल्याप्रोस्कोपी नै गर्नु पर्ने हुन्छ । बाझोपनाका समस्या पनि यो लाभदायक मानिन्छ । किनभने यसबाट पाठेघरको बनावट, ओभरी सामन्य छ छैन देखिनुको साथै पाठेघर सानो भएको अवस्था थाहा पाउन सकिन्छ । यसबाट क्रोमोट्युवेसन (त्गदभ त्भकतष्लन) पनि गर्न सकन्छि । पाठेघरका मिथालिन ब्लु भन्ने औषधि पठाइन्छ । जसको माध्यमबाट ट्युबहरू खुला छ÷छैन जाँच गर्न सकिन्छ । यसको सहायताले कतै अबरोध भएका ट्युब पनि खुल्न जान्छ । 

कसरी गरिन्छ 
डाइग्नोस्टिक ल्याप्रोस्कोपीमा पनि जनरल एनेस्थेसिया दिएर बेहोस बनाएर नै गर्नु पर्ने हुन्छ । नाइटो मुनी सानो प्वाल पारेर त्यसबाट सर्वप्रथम पेटमा कार्बनडाइअक्साइड पठाईन्छ । जसले पेट फुल्न जान्छ । त्यसपछि त्यहाँबाट दुर्बिन छिराइन्छ । यसको साथै अरू २ वटा प्वाल पारेर त्यसबाट शल्यक्रियाका लागि आवश्यक साना साना इन्ष्टुमेन्ट्र पठाइन्छ । साथै डिम्बको अवस्था, ट्युबको अवस्था हेरेर शल्यक्रिया गरिन्छ । पहिला पेटमा भएको समस्याहरूको लागि पेटमा ठूलो घाउ बनाएर शल्यक्रिया गर्नु पर्ने अवस्था रहेको थियो ।

यसरी शल्यक्रिया गर्दा सिमित क्षेत्रमा मात्र हेर्न सकिन्थ्यो भने ल्याप्रोस्कोपी प्रविधिमा पेट भित्रको सम्पूर्ण समस्याको अवस्था थाहा पाउन सकिन्छ । यसरी शल्यक्रिया गर्दा घाउ सानो हुने दुखाई कम हुनुको साथै एन्टिबायोटिकको र अन्य औषधि समेत कम गर्न सकिन्छ । 
(डा. शोभा मारिखु, इवामुरा अस्पतालकी स्त्रीरोग विशेषज्ञ हुन् ।)

Last modified on 2017-08-31 07:15:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts