‘रोग लागे अनुशासित भइन्छ ’

४० देखि ६० वर्ष उमेरका नगरिकलाई दैनिक रुपमा सकेसम्म धेरै हिड्न आग्रह



Download our app to get more features

बीबीसी, १३ भदौ । ब्रिटेनका ग्राहम ब्रान्ड ६० वर्ष पुग्नै लागेका थिए, उनमा टाइप–२ डायबिटीज (मधुमेह) देखियो ।

खानपीनका निकै सौखिन र जीवनभर कुर्सीमा बसी–बसी नोकरी गरेका ब्रान्डले कति बेलादेखि उनको शरीरमा चिनीको मात्रा बढ्दै गयो भन्ने पत्तै पाएनन् । एक्कासी बुढेसकालमा मात्रै मधुमेहबारे थाहा पाएपछि उनी चिन्तित बन्न थाले । ब्रान्डकी श्रीमती पनि बढ्दो उमेरका कारण शारीरिक रुपमा असक्षम हुँदै गइरहेकी थिइन् । श्रीमतीको बढ्दो उमेर र आफूमा मधुमेह देखिएपछि उनले पत्नीलाई सहयोग गर्न नसकेको महशुस गरे । जुन बेला श्रीमतीलाई आफ्नो खाँचो थियो त्यही बेला रोगले गाँजेपछि उनमा दिक्दारी बढेर गयो । तर, यो उमेरमा मधुमेहबाट ग्रसीत हुने ब्रान्ड एक्ला होइनन् । ब्रिटेन स्वास्थ्य विभागका अनुसार ४५ देखि ६४ वर्षका करिब ४२ प्रतिशत नागरिक मधुमेह अर्थात सुगर र हृदय रोगबाट ग्रसीत छन् । 
 

ब्रिटेन सरकारद्वारा जेष्ठ नागरिकमा हिड्न अपिल 
चिनी रोग र हृदय रोगबाट आफ्ना नागरिक पीडित बन्न थालेपछि ब्रिटेन सरकारले ४० देखि ६० वर्ष उमेर समूहका नगरिकलाई दैनिक रुपमा सकेसम्म धेरै हिड्न आग्रह गरेको छ । यो उमेर समूहका जेष्ठ नागरिक मध्ये करिब पाँच प्रतिशत भने शारीरिक रुपले सक्रिय नभएको बीबीसीले लेखेको छ । शारीरिक रुपले निष्क्रिय व्यक्तिले हप्तामा जम्मा ३० मिनेट मात्र व्यायाम गर्ने गरेको जनाइएको छ । आफ्ना नागरिकलाई स्वस्थ राख्न ब्रिटेन सरकारले मोबाइल एप्प ‘एक्टिभ टेन’ पनि सञ्चालन गरेको छ । उक्त एप्पबारे सचेतना जगाउने काम भइरहेको छ । सो एप्पले मानिसलाई कसरी चल्ने, फिर्ने बारे सल्लाह दिने गर्छ । 

जब ग्राहम ब्रान्डले मधुमेह भएको थाहा पाए उनले आफूमा एकाएक कयौं परिर्वतनको महसुस गरे । उनी भन्छन् ‘मेरा कुनै पनि कपडा शरीरमा मिल्दैनथेँ, बढी वजनका कारण मेरो जीन्दगी पूरै अस्तव्यस्त बनेको थियो ।’ उनका अनुसार रोग लागेको थाहा पाएपछि शुरुमा निकै आत्तिए । मधुमेह नियन्त्रणका लागि उनको समूहका लिडरले एक दशमलव नौ माइल हरेक दिन हिड्न भन्थे । शुरुमा पैदल हिड्न निकै अप्ठयारो भए पनि पछि निकै रमाइलो लाग्न थाल्यो । उनी भन्छन् ‘अहिले हामी श्रीमानश्रीमती पैदलै खूब हिड्छौं । हाम्रा नातीनातीनी पनि हाम्रो पछि दौडिदा थाक्छन् । तर, हामी थाक्दैनौं ।’ उनले रोग लाग्नु भनेको अनुशासित बन्नु पनि भएको बताए । ‘मधुमेह रोग लागेपछि मेरो दैनिकी अनुशासित भएको छ जीवनशैली फेरिएको छ ।’ उनले थपे ।
  

 
 

Last modified on 2017-08-30 14:08:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts