कालिगण्डकी आँखा उपचार केन्द्रलाई हाते मेशिन
रामपुर (पाल्पा), १४ भदौ । कालीगण्डकी आँखा उपचार केन्द्र, रामपुरलाई आँखा जाँच गर्ने आधुनिक हाते मेशिन (पोर्टेबल स्टीलल्याम्प) सहयोग प्राप्त भएको छ ।
जापानी नागरिक डा इबाटा रिकाबाटाको सहयोगमा करिब रु तीन लाख बराबरको आँखा जाँचगर्ने हाते आधुनिक मेशिन सहयोग प्राप्त भएको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले जानकारी दिए ।
सो मेशिन मंगलबार जापानी समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) ले उपचार केन्द्रका अध्यक्ष पोखरेललाई हस्तान्तरण गरे । यस मेशिनलाई सही सदुपयोग गरेर यस क्षेत्रका जनतालाई सहज सेवा प्रवाह गर्न ओकेबाजेले आग्रह गरे ।
यस आँखा अस्पतालमा आँखा जाँच गर्ने आधुनिक हाते मेशिन नहुँदा विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गर्न समस्या आइपरेको अस्पतालका इन्चार्ज सुन्दर रानाले बताए । अब यो मेशिन स्थलगत आँखा शिविर सञ्चालन हुँदा प्रयोग गर्न पाइने भएपछि उपचारमा थप सेवा दिन सहज हुने उनले बताए ।
रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>