मिर्गौला प्रत्यारोपण गरेका मिलनको डाक्टर बन्ने सपना 



Download our app to get more features

काठमाडौ । ‘हामी त्यो ईश्वरको खोजीमा छौं, जसले हाम्रो परिवारको पीडामा मलम लगाइदियो, हाम्रो छोरालाई पुनर्जीवन दियो ।’ यति भनिरहदा १६ बर्षीय मिलन श्रेष्ठका परिवार निकै गम्भिर मुद्रामा देखिन्थँे ।  गम्भीर पनि किन नहुन, जसको कारण वर्षौंपछि मिलनले पुनर्जीवन पाएका छन् । लाजिम्पाटका मिलन परिवारको परिवारमा खुसीयाली छाएको छ । 

लाजिम्पाटका मिलन श्रेष्ठ जसले ब्रेनडेथपछिको अङ्गदान व्यवस्था अनुसार पहिलो पटक मृगौला प्रत्यारोपण सेवा पाएका छन् । मिलनमा २ बर्षको उमेरदेखि मृगौलामा खराबी देखिएको थियो । उनी औषधिको साहारामा बाँचेका थिए । ३ बर्ष अघिदेखि डायलासिस गर्दै आएका उनले सडक दुर्घटनामा परि ब्रेन डेथ भइसकेका सिन्धुलीका ३० वर्षीय गोविन्दबहादुर भुजेलले दिएको मृगौलापछि पुर्नजीवन पाएका छन् । अहिले श्रेष्ठको परिवारमा छोराले पुनर्जीवन पाएकोमा जति खुसी छ त्यति नै जीवनदान दिने परिवारसँग भेट्न उत्साह र चाहाना पालिरहेको छ । 

लाजिम्पाटस्थित निवासमा हाम्रो डाक्टरसँग कुराकानी गर्दै मिलनका बाबु त्रिलोचनमान श्रेष्ठले भने ‘अब हाम्रो ती परिवारसँग रगतको नाता जोडिएको छ । हामी त्यो परिवारसँग जोडिन चाहान्छौं । हरेक अवस्थामा सहयोग गर्न तयार छांै ।’ सँगै रहेका मिलनले थपेँ, ‘उहाँहरु अति असल परिवारका मान्छे हुनुहुन्छ । त्यसैले त मलाई पुर्नजीवन दिनुभयो, जहाँ हुनुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यबाद छ ।’ 

को हुन भुजेल ? उनको घर सिन्धुली कहाँ हो ? परिवारमा को को छन् ? यसबारे श्रेष्ठ परिवारलाई केही पनि थाहा छैन । छोराको जीवन जोगाइ दिने परिवार बारे थाहा पाउन पनि श्रेष्ठ परिवारले मिडियाको भर पर्नुप¥यो ।

कसरी बिग्रियो मिर्गौला  ?
त्रिलोचनमान श्रेष्ठ र पार्वती श्रेष्ठको एक्लो सन्तान हुन् मिलन । उनी दुई वर्षको भएदेखि नै स्वास्थ्यस्थिति बिग्रन थाल्यो । खाना नखाने, न्यास्रिने जस्ता समस्या देखिए पनि परिवारले समान्य रुपमा लियो । तर जब उनको पिसाबमा प्रोटिन लिकेजको समस्या देखियो त्यसपछी मात्रै परिवारले मिगौलाको खराबी बारे थाहा पाए । मिगौलाको फिल्टेसन राम्रो नभएको कुरा दुई वर्षको उमेरमनै थाहा भए पनि चिकित्सकको सल्लाहमा मिलनले ४ बर्षसम्म कुनै औषधि सेवन गरेनन् ।

जब मिलन चार वर्षका भए । उनको स्वास्थ्य अवस्था सुधार हुनुको साटो झन् बिग्रदै गयो । प्रोटिन लिकेजको समस्या बढ्दै गएपछि औषधि नै सेवन गर्नुपर्ने भयो । परिवारमा कसैलाई पनि मृगौला सम्बन्धि समस्या नभएका कारण श्रेष्ठ परिवार निकै आत्तिएको थियो । तर चिकित्सकले मिगौला उपचार सम्बन्धि बिकल्प भएको बताएपछि बिस्तारै छोराको उपचार हुने आशामा छोरालाई औषधि सेवन गराइरहेँ । जब मिलन १४ बर्ष पुगे त्यसपछि भने उनमा डायलसिस नै आवश्यकता प¥यो । 

यसरी पाए मिलनले मिर्गौला
परिवारले जब मिलनको मिगौला उपचारकालागि डायलसिस सेवा सुरु गरे, त्यहि बेलादेखि नै उनको परिवारले मिगौला प्रत्यारोपण नै उपयुक्त ठानेको थियो । सोही अनुसार बाबु त्रिलोचनमानले मृगौला दिने योजना पनि बनाए । तर बाबुको मृगौला म्याच नभएपछि यो योजना सफल हुन सकेन । त्यसपछि उनीहरु निरन्तर डोनरको खोजीमा थिए । तीन वर्षकोबीचमा मिलनको परिवारले मिगौला प्रत्यारोपण लागि धेरै प्रयास गरे । तर सफल भएन । ‘मिगौला डोनरको खोजीमा नै तीन वर्ष बित्यो,’ मिलनका काका बालकृष्ण श्रेष्ठले भने ।

जतिबेला नेपालमा पहिलोपटक मन्त्री परिषदले बे्रन डेथपछिको अङ्गदान सम्बन्धी निर्देशिका पास ग¥यो, श्रेष्ठको परिवारले एक नम्बरमै मानब अङ्ग प्रत्यारोपण केन्द्रमा नाम लेखाए । ‘हामीले छोराको सम्पुर्ण बिवरणसहित नाम लेखायौ,’ मिलनले भने ‘डाक्टरले ब्रेन डेथको कुनै केस आयो भने पहिलो प्राथामिकतामा तिमी पर्छौ भन्नुभएको थियो, नभन्दै मेरो मिगौला प्रत्यारोपण भयो ।’  तीन वर्ष सम्म निरन्तर डाइलासिस गराएका मिलनको गत २९ बैशाखमा सडक दुर्घटनामा परि ब्रेन डेथ भइसकेका सिन्धुलीका ३० वर्षीय गोविन्दबहादुर भुजेलले मृगौला दिएका दिए । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट एकै दिन यस्तो व्यवस्था अनुसार अङ्ग प्रत्यारोपण सेवा उनले र सुनसरीका गोविन्दप्रसाद तिमिल्सनाले लिएका थिए । 

चिकित्सक बन्ने सपना
सानैदेखि अस्पताल र चिकित्सकको सम्पर्कमा रहिआएका मिलनको मनमा शुशुप्त रुपमा चिकित्सा सेवाप्रतिको मोह जागिसकेको थियो । के पढेर डाक्टर बनिन्छ, कसरी सेवा दिनुपर्छ उनलाई त्यसबारे कुनै ज्ञान थिएन । यति थाहा थियो अस्पताल मान्छे ठिक पार्ने घर हो । त्यो घरमा मान्छेलाई ठिक पार्ने भगवान अर्थात डाक्टर बस्छन् । समयसँगै उनको अस्पताल र डाक्टरप्रतिको जानकारी परिवर्तन हँुदै गयो । तर डाक्टर बन्ने मोह भने परिवर्तन भएन । 

पढेर चिकित्सक बन्ने सपना बुनिसकेका मिलन भन्छन्, ‘सानैदेखि मेरो डाक्टर बन्ने सपना छ, जति बुझ्दै गएको छु यो पेशाप्रतिको मोह झन् झन् बढ्दै गइरहेको छ । हामीले सामान्य अवस्थामा कसैलाई केही सहयोग गर्दा त यति खुसी मिल्छ भने कसैको जीवन बचाउँदा कस्तो होला ।’

श्रेष्ठको परिवारको पुख्यौली घर असन हो ।  श्रेष्ठ परिवार अहिले लाजिम्पाटमा बस्दै आएको छ  । असन र रामशाह पथ हँुदै उनीहरू लाजिम्पाट आएका हुन् । असन र रामशाह पथ क्षेत्र भीडभाड हुने भएपछि उनीहरु लापजम्पाट सरेका हुन । मिलनकी आमा पार्वती श्रेष्ठ कामको सिलसिलामा अष्ट्रेलियामा छिन् । मिलनका बाबु घरमै छन् । मिलन घरमा हजुरबाबा, हजुरआमा, ठूलोबाबु, ठुलीआमा, बाबुका साथमा बस्दै आएका छन् । रामशाह पथमा भएको एउटा घर भाडामा लगाएका श्रेष्ठ परिवारको आम्दानीको स्रोत यहि नै हो । यस घरबाट महिनाको एक लाख ५० हजार भाडा आउँछ । त्यहि भाडाबाट उनिहरुको गुजारा चलिरहेको छ । 

जेहेन्दार बिद्यार्थी भएकाले शुल्कमा छुट
मिलन लाजिम्पाटस्थित आलोक विद्याश्रममा कक्षा दशमा अध्ययनरत छन् । दशमा पढ्ने मिलन कक्षाका दोस्रो हुन्छन् । विद्यालयमा भर्ना शुल्क मात्रै ६० हजार लाग्छ । मिलन जेहेन्दार भएका कारण छुट पाएका छन । ‘२५ हजार दिए पुग्छ ।’ बाबु त्रिलोचनमानले भने, ‘तर उनको मासिक शुल्क भने पाँच हजार रुपैयाँ छ ।’  विद्यालयमा हुने अतिरिक्त गतिविधिमा सहभागी हुन नसक्ने भएकाले त्यस बापतको सबै शुल्क छुट भएको र उपचारमा आर्थिक सहयोग पुगोस् भनेर मलाई स्कुलले छुट दिएको हो ।

सकेसम्म आफ्नो हेरचाह आफै गर्छु 
मिलन परिवारले आफ्नो लागि गरेको मिहेनत र दुःख बर्षौदेखि नियाल्दै आएका छन् । त्यसैले पनि हिजोआज सकेसम्म परिवारलाई धेरै दुःख नहोस भनेर उनी आफ्नो हेरचार आफै गर्न थालेको बताउँछन । उनले भने ‘हरेक दुई दिनमा बेड कभर परिवर्तन गर्छु, आफुले लगाएको कपडा पनि प्रत्येक दुई दिनमा परिवर्तन गर्छु, हुल भएको ठाउँमा जादिन, बाहिरको खाना खादिन ।’  साथै, उनले खानपानमा पनि विशेष ध्यान दिएको बताए । ‘रातो मासु, चिकेन खादिन । अब फेरि मृगौला गुमाउन चाहादिन । त्यसैले म यति धेरै सचेत भएको हुँ ।’ उनले भने । रुघाले धेरै सताउने भएकोले फलफुल पनि नखाने गरेको उनले बताए ।  मिलनको स्वास्थ्यमा अब कुनै पनि समस्या नदेखियोस भनेर हामीले पनि  सरसफाइ र खानामा विषेश ख्याल गरेका छौं ।’ काका बालकृष्ण बताउँछन् । 

डा. पुकारचन्द्र श्रेष्ठ
निर्देशक, मानव अंङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर


 

के हो ब्रेन डेथ ?

कुनै कारणले टाउकोमा गम्भीर चोट लाग्यो तर त्यसको उपचार सफल भएन भने पुर्ण काम गर्न छाड्छ । तर, यस्तो अवस्थामा अरु शरीरका अगंले काम गरिरहेको हुन्छन् । कुनै दुर्घटनामा परि टाउकोमा गम्भिर चोट लागेमा, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको कारणले पनि ब्रेन डेथ हुने गर्छ । मष्तिस्क मृत्यु भए पनि अरु अगंले काम गरिरहेका हुन्छ । 

ब्रेन डेथ भएपछि शरीरका अन्य अङ्गहरु कति समय क्रियासिल हुन्छन ? 

यसको कुनै निश्चित समय हुँदैन । त्यसैले जति सक्दो छिटो त्यस्ता अगंहरु निकालेर प्रत्यारोपण गर्नुपर्छ । ब्रेन डेथ भइसके पछि बिस्तारै अगंले काम गर्न छोड्दै जान्छन त्यसैले सकेसम्म छिटो प्रत्यारोपण गर्नुपर्छ । 

नेपालमा कति जतिको ब्रेन डेथ हुन्छ ?

काठमाडांैं उपत्यकामा मात्र वार्षिक एक हजार जनाको ब्रेन डेथ हुने हामीले अनुमान गरेका छौं । 

ब्रेन डेथ भएका मानिसबाट कुनकुन अङ्ग प्रत्यारोपण गर्न सकिन्छ ? 

मिगौला, फोक्सो, कलेजो, मुटु, प्यानक्रियाज र सानो आन्द्रासहित आठ ओटा अङ्ग प्रत्यारोपण गर्न सकिन्छ । 

प्रत्यारोपणमा कस्ता व्यक्ति प्रथामिकतामा पर्छन् ? 

धेरै समयदेखि प्रत्यारोपणको पर्खाइमा बसेका, महिला र पुरुषको आधारमा, अङ दिने र पाउने व्यक्तिबीचको उमेरको फरकको आधारमा मुल्याङकन गरि प्रत्यारोपण गरिन्छ ।

अहिले सम्म अङ्ग दान गर्छु भनेर घोषणा गर्ने कति छन् ? 

अहिले सम्म २५०० जनाले अङ्ग दानको घोषणा गरेका छन् । यस सम्बन्धि जनचेतनाको कमी छ ।  एक जनाको अङ्ग दानले आठ जनाको ज्यान बच्छ । 

 

Last modified on 2017-08-26 17:57:05

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts