किन आइरहन्छ हाई ? यस्ता छन् कम गर्ने उपाय 



Download our app to get more features

ब मानिसलाई अल्छि लाग्छ तब जिउ तनक्क तन्काएर हाई गर्नुको मजा नै बेग्लै हुन्छ । यो हामीमध्ये जो कोहीले पनि महसुस गरेकै कुरा हो । आमबुझाईमा हाई काड्नुको अर्थ निद्रा लाग्न थाल्नु हो भन्ने छ । तर, हाई आउनु निद्रा लाग्नुअघिको सङ्केत मात्र होइन । 
हाई विशेष गरि मुख्य पाँच कारणले आउने हुन्छ । स्ट्रेस, बोर महसुस हुनु, थकाई, कहिले काहीँ भावनात्मक असन्तुलन र निन्द्रा लाग्यो भने वा निन्द्रा कम भएमा हाई आउने हुन्छ । 
भनिन्छ, मानिसले मात्र हाई गर्छ, तर होइन । मानिसले मात्र नभई जनारवले पनि हाई काड्छन् । मानिस तथा विशेषगरी ढाड भएका पशुहरु राति सुत्नुअघि हाई काड्ने गर्छन् । गर्भमा रहेको शिशुले पनि आमाको कोखमा ११ हप्ताको भएपछि हाई काड्न थाल्छ । 

हाई यो कारणले नै हुन्छ भन्न सक्ने अवस्था नभएपनि हाई गर्दा मुख खुल्ला हुने हुन्छ । जसले धेरै सास लिइन्छ । यसले नाकमा रहेको शुक्ष्म रक्तनलीहरुमा बढी अक्सिजन प्रवाह हुनपुग्छ । त्यो मश्तिष्कमा पुगेर मस्तिष्कलाई चिसो बनाउने बनाउने काम गर्छ । त्यसैले मानिसले हाई काड्नु भनेको आफ्नो मस्तिष्कको तापक्रमलाई सन्तुलनमा राख्नु नै हो । सुत्ने समयमा हाम्रो मश्तिष्कको तापक्रम सामान्यभन्दा बढी हुन्छ । जुनकुरा हामीलाई थाहा नभए पनि हाम्रो मस्तिष्कले थाहा पाइसकेको हुन्छ । त्यसैले मस्तिष्कको तापक्रम घटाउन समयसमयमा हामीलाई  हाई आउने हुन्छ । 

हाई भनेको नराम्रो कुरा होइन तर व्यवहारीक रुपमा यसलाई नराम्रो रुपममा हेर्ने गरिन्छ । शारीरिकरुपमा हाई काड्नु स्वास्थ्यकालागि धेरै फाइदाका रुपमा हेरिन्छ । मानौ कसैले तपाईंलाई एउटा राम्रो काहानी सुनाई रहँदा त्यसमा हाई गर्नु भनेको व्यवहारिक रुपमा राम्रो मानिँदैन । यद्दपी हाई गर्नु शारीरिक रुपमा फाइदाजनकै मानिन्छ । हाई काड्दा फोक्सोमा पनि राम्रोसँग अक्सिजन पुग्छ । जसले हाम्रो शरीरलाई एक्टिभ बनाइ राख्न सहयोग पुर्याउँछ । हाई काड्नु भनेका राम्रा कुरा बाहिर जाने र नराम्रो कुरा भित्र जाने अन्धविश्वास समेत रहेको पाइन्छ । जसले गर्दा धेरै व्यक्तिले हाई काड्दा हातले मुख छोप्ने गरेको पाइन्छ । 

एक अध्ययन अनुसार हाई काड्ने अवधि प्राय सबैको एउटै हुन्छ । अर्थात एक व्यक्तिले एकपटकमा ८ सेकेन्डसम्म हाई काड्छ । साथै एक व्यक्तिले दैनिक ८ पटकसम्म हाई काड्ने अध्ययनले देखाएको छ । जुन व्यक्ति एक्टिभ हुन्छ त्यस्ता व्यक्तिलाई हाई पनि कम आउने हुन्छ । जो व्यक्ति अल्छि छ, स्ट्रेसमा छ, नियमित शारीरिक व्यायाप गर्दै त्यस्ता व्यक्तिले बढी हाई काड्छन् । 

जो मानिस रातीमा घुर्ने हुन्छ, एप्निया(निन्द्रामा सास अड्किने) हुन्छ, त्यस्ता मानिसको निन्द्रा टुक्रियको हुन्छ । जसका कारण त्यस्ता मानिसहरु धेरै थकित हुने, निन्द्रामा हुने हुदा दिउँसको समयमा बढी हाई काड्ने गर्छन् । आफुलाई स्फुर्ति बनाई राख्न त्यस्ता मानिसहरुले धेरै हाई काड्ने गर्छन् । 

हाई कन्टाजियसन् हुन्छन् । अर्थात एक व्यक्तिले हाई गरेमा सँगै रहेका अन्य व्यक्तिमा पनि सर्ने हुन्छ । डुक युनिर्भसिटिको एक अध्ययन अनुसार जुन व्यक्तिले अरुको दुख देखेर आत्मियता देखाउने व्यक्तिमा यस्तो समस्या धेरै रहन्छ । जसलाई अयलतबनष्यगक थबधलष्लन भनिन्छ । यस्तो समस्या १० जनामा ६ जनालाई देखिन्छ । 
हाईबाट बच्ने उपाय
तपाईं कुनै सभा समारोह वा कार्यालयको मिटिङ्गमा बस्दा हाई आउने समस्याले सताईरहेको हुन सक्छ । यस्तो समयमा हाई काड्नु व्यवहारिक रुपमा राम्रो मानिदैन । त्यसैले कुनै पनि सभा समारोह वा कार्यक्रममा समावेश हुनु भन्दा ५ मिनेट पहिला नाकले लामो लामो सास लिने र मुखबाट फाल्ने गर्नु पर्छ । यसरी नाकबाट सास लिने र मुखबाट फाल्ने कार्य ५ पटक सम्म गर्नाले हाई आउने समस्याबाट बच्न सकिन्छ । यसको साथै फ्रिजमा राखेको काक्रो वा गाजर खान सकिन्छ । टाउकोमा चिसो लगाएर राख्न पनि सकिन्छ । यसकौ साथै बिचबिचमा थोरै स्न्याक्स् खाने गर्नाले पनि हाई आउने समस्यालाई कम गराउछ । 
(डा. ढकाल ओम अस्पतालका चेष्ट फिजिसियन तथा स्लिप विशेषज्ञ हुन् ।)

Last modified on 2017-08-25 07:57:11

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts