आँखा स्वस्थ राख्ने १० उपाय
काठमाण्डौं, १९ वैशाख । हामी आफ्नो शरीर तन्दुरुस्त राख्नका लागि व्यायाम गर्ने, पौष्टिक आहार सेवन गर्ने, प्रशस्त मात्रामा पानी पिउने आदि गर्छौं । तर, हाम्रो स्वास्थ्यको महत्वपूर्ण अंग आँखालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ भने खासै ध्यान पुर्याउन सकेका हुँदैनौं । आँखा संवेदनशील र सजिलै संक्रमण हुने अंग हो ।
यसलाई धूलो, धूवाँ, भाइरस, ब्याक्टेरिया आदिले सजिलै क्षति पुर्याउन सक्छ । यसलाई जोगाएर स्वस्थ राख्न हामीले अनेकौं उपाय अपनाउन सक्छौं । मानव शरीरको महत्वपूर्ण अंगमध्ये आँखालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने बारेमा केही चर्चा गरौं ।
नियमित जाँच
कतिपय व्यक्ति यस्ता पनि भेटिन्छन्, जसले कहिल्यै पनि आँखाको जाँच गराएका हुँदैनन् । जब समस्या आईपर्छ अनि मात्र उनीहरु आँखा अस्पताल पुग्ने गरेको पाइन्छ । तर बाल्यकालदेखि नै नियमित आँखा जचाउँनु जरुरी हुन्छ । पाँच वर्षुनिका बच्चाहरुमा देखापर्ने रोगहरु जस्तै (क्रियाशील नभएको आँखा ९ीबशथ भ्थभक० डेरो आँखा ९ऋचयककभम भ्थभक० लाई उपचार गरेर निको पार्न सकिन्छ । आँखामा पर्ने प्रभाव हेरेर सोहीअनुसार आँखा जँचाइरहनुपर्छ ।
भविष्यमा आउन सक्ने खतराबाट सचेत हुनका लागि आँखामा केही नभए पनि २० देखि ३० वर्षसम्म कम्तिमा एक पटक र ३० देखि ४० वर्षम्ममा दुइ पटक वार्षिक रुपमा आँखाको जाँच गराउनुपर्छ । आँखाको देख्ने शक्ति पनि उमेरसँगै परिवर्तन भइरहेको हुन्छ । जति उमेर बढ्दै जान्छ, त्यति आँखामा समस्या थपिंदै जान्छ । बेलैमा सचेत भए मस्कुलर डिजेनरेसन ९ःबकअगबिच म्भनभलभचबतष्यल० ग्लुकोमा ९न्बिगअयmब० जस्ता आँखामा लाग्ने खतरनाक रोग बेलैमा जँचाएर निको पार्न सकिन्छ । ग्लुकोमा भएका व्यक्तिले नियमित जँचाउनुपर्ने हुन्छ किनभने यो रोग धेरै खतरनाक हुन्छ । जब हामी ४० वर्ष पार गर्छौं तब मधुमेह, रक्तचाप, मुटुको रोगजस्ता धेरै किसिमका रोग लाग्ने सम्भावना हुन्छ । मधुमेह वंशाणुगत पनि हुन सक्छ । यो रोगले आँखामा धेरै प्रभाव पार्न सक्ने भएकाले ४० वर्षपछि नियमित आँखा जँचाइरहनुपर्छ ।
उचित चस्माको प्रयोग
चस्माले आँखालाई धूलो, धूवाँ, किटाणु आदिबाट बचाउने मात्र होइन, यसले आँखामा चोटपटक लाग्न तथा विकिरणबाट पनि जोगाउँछ । घाममा लगाउने चस्मा ९क्गलनबिककभक० सत प्रतिशत अल्ट्र«ाभायोलेट ९ ९ग्ख्० विकिरणबाट सुरक्षा दिने खालको हुनुपर्छ । म्याक्युलर डिजेनरेसन नामक पुस्तकका सह (लेखक डा. लाइलाज मोगका अनुसार नीलो तरंगअन्र्तगत भायोलेट (रातो र नीलो मिसिएको) र नीलो विकिरणले आँखाको रेटिनालाई असर गर्छ ।
बजारमा व्यापारिक हिसाबमा बिक्री भइरहेका खैरा रंगका चश्माले नीलो भायोलेट विकिरण फिल्टर गरी आँखालाई रक्षा गर्छ । बढी चमक आउने स्थान जस्तै (हिउँ, पानीको सतह, घाम लागेको स्थानमा जाँदा यस्ता चस्माको प्रयोगका साथै ह्याटले पनि आँखा जोगाउन सकिन्छ । तर डाक्टरले सिफारिस गरेको चस्मा लगाउने गर्नुपर्छ ।
सुरक्षा
कलकारखानामा, मेसिनरी उपकरण चलाउने ठाउँमा, घर बनाउनेजस्ता निर्माणसम्बन्धी कार्य हुने ठाउँमा काम गर्दा साना–साना कणहरु उडेर आँखामा छिर्ने सम्भावना धेरै हुन्छ । त्यस्ता ठाउँमा काम गर्ने व्यक्तिले आँखाको विशेष ध्यान दिनु आवश्यक पर्छ । यस अवस्थामा साधारण किसिमको चस्माको प्रयोग गर्न सकिन्छ । जो व्यक्ति वायरिङ गर्ने काम गर्छ उसले चाहिँ बेग्लै किसिमको कालो चस्माको प्रयोग गर्न आवश्यक छ ।
सामान्य कार्य जस्तै (कीला ठोक्दा भित्ताको प्लास्टर उडेर आँखामा पर्न सक्छ र सोही कीला उछिट्टएिर पनि आँखामा पर्न सक्छ । त्यसैले सामान्य कुराबाट आँखालाई बचाउन पनि सधैँ सजग रहनुपर्छ ।
कन्ट्याक्ट लेन्स
चस्मा वा लेन्स प्रयोग गर्दा पसलेको परामर्शमा होइन कि सम्बन्धित डाक्टरलाई जँचाएर मात्र प्रयोग गर्नुपर्छ । लेन्स लगाउँदा झन् विशेष ध्यान दिनुपर्छ । यसमा लागेको धूलो राम्ररी सफा गरेर मात्र प्रयोग गर्नुपर्छ । कसैले त मुखमा हालेर थुकले लेन्स सफा गर्ने गरेको पाइन्छ । यसरी थुकले सफा गर्दा आँखामा संक्रमण हुने सम्भावना हुन्छ । त्यसैले उचित सामान र उचित तरिकाले लेन्स सफा गर्नुपर्छ । चस्मा त आँखा बाहिर राख्ने भएकोले साधारण किसिमले सफा गरे हुन्छ तर लेन्स आँखाभित्र लगाउने हुनाले यसको सफाइ गर्दा तथा लगाउँदा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ ।
आँखाको पोषण
आँखा स्वच्छ र निरोगी राख्न चाहिने पोषण तत्वमा भिटामिन ‘ए’ महत्वपूर्ण मानिन्छ । जुन तत्व गाजरबाट पाउन सकिने हुनाले यसको सेवन आँखाका लागि लाभदायक हुन्छ । भिटामिन ‘ए’ रेटिटनाका लागि अति आवश्यक तत्व हो । यस्तै बन्दाकोपी, तोरीको साग, पालुङ्गो आदिमा पाइने लुटियन ९ीग्त्क्ष्इल्० तत्वले मस्कुलर डिजेनरेसन निको हुन्छ । आँखालाई ओमेगा–३ फ्याटी एसिडको पनि जरुरी पर्छ, जुन माछामा पाइन्छ । यसले आँखामा सुख्खापन हुनबाट बचाउँछ ।
नेत्ररस
पाको उमेर हुँदै जाँदा आँखा सुक्न सक्ने सम्भावना धेरै हुन्छ । आँसु बनाउने ग्रन्थिले ठीकसँग काम गर्न नसक्नु नै यसको मुख्य कारण हो । यसले आँसु मात्र नभएर आँखामा हुने श्लेष्मा ९ःग्ऋग्क्० र तेल ९इक्ष्ी० लाई पनि प्रभाव पार्छ र तेल आँखाको माथिल्लो भागको सानो ग्रन्थिबाट रसाएर आउँछ । जब हामीले आँखा झिम्क्याउँछौं तब ग्रन्थिबाट तेल रसाएर आउँछ । यो तेलले आँखामा आँसु सुक्नबाट बचाउँछ । यदि तेल राम्रोसँग निस्केन भने सबै आँसु बाफ भई उडेर जान्छ, जसले गर्दा आँखा सुक्खा हुन्छ । अनि आँखा खोल्न र बन्द गर्न पनि गाह्रो हुन्छ ।
ओमेगा–३ फ्याटी एसिडले आँखा रसिलो पारिराख्न मद्दत गर्छ । अधिक हिटर ताप्ने, आगो ताप्ने वा ताप आउने ठाउँमा काम गर्नेहरुको आँखा सुख्खा हुन सक्छ । त्यस्तै एयर कन्डिसनरले पनि आँखा सुख्खा बनाउँछ । तेज गतिको हावा, पंखा, गाडीको एयर कन्डिसनरले पनि आँखा सुख्खा पार्ने गर्छ । त्यसैले आँखा सुख्खा हुन नदिन ताप र हावाबाट सक्दो आँखालाई बचाउनुपर्छ ।
धूमपान
धूमपान गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा बारम्बार सुने पनि यसका अम्मलीहरुले धूमपान गर्न छोडेको पाइँदैन । धूमपानले फोक्सोको क्यान्सर हुन सक्ने कुरा प्रायः सबैलाई थाहा भएकै कुरा हो तर डाक्टरहरुका अनुसार धूमपानले फोक्सोको क्यान्सर हुनुभन्दा अगाडि नै आँखाको दृष्टिलाई असर गरेको हुन्छ । त्यसैले आँखाका लागि धूमपान त्याग्नुपर्छ ।
आँखामा पर्ने दबाब
कम्प्युटरमा लामो समयसम्म काम गर्दा यसको विद्युतीय प्रभाव र एकनासको हेराइले आँखामा दबाब पर्छ । जसले गर्दा आँखाको हेराइ कमजोर हुने, आफैं आँसु झर्ने, आँखा पोल्नेजस्ता समस्या देखा पर्छ । यसबाट बच्न छिनछिनमा कम्प्युटरको स्क्रिनबाट बाहिर हेरेर आँखालाई आराम दिनुपर्छ, समय–समयमा आँखा झिमझिम गर्नुपर्छ । सुख्खा भएमा आँखामा कृत्रिम आँसु पनि लगाउन सकिन्छ । यसले आँखा रसिलो बनाइराख्ने हुनाले सजिलै आँखालाई यताउता घुमाएर हेर्न सकिन्छ ।
परिवारबाट थाहा पाउनुपर्ने वंशाणुगत रोग
आँखाको रोग प्रायः वंशाणुगत हुन सक्छ । आफ्ना पूर्वजहरुलाई कुनै आँखाको रोग थियो कि भन्ने कुरा परिवारबाट थाहा पाइराख्नुपर्छ । यदि त्यस्तो रहेछ भने डाक्टरलाई जानकारी दिनुपर्छ । त्यस्तै आँखामा केही गडबडी भएको महसुस भएमा आँखा बिग्रिन नपाईकन डाक्टरसँग कुरा गरिहाल्नुपर्छ । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै बुझिमानी हो । त्यसैले परिवारको सहयोगमा बेलैमा आँखा जँचाएर यसमा पुग्न जाने क्षतिलाई कम गर्नुपर्छ ।
स्वस्थ रहने
हरियो तरकारी, माछा आदिबाट आँखालाई चाहिने तत्व प्राप्त गर्न सकिन्छ । साथै नियमित व्यायामले शारीरिक प्रणालीहरुको सञ्चालन सुचारु गराई आँखामा पर्ने चाप कम गर्न सकिन्छ । हरियो सागसब्जी तथा व्यायामले मधुमेहका रोगीहरुको आँखा र स्वास्थ्यमा पनि लाभ पुग्छ । समय–समयमा गरिने नियमित जाँचले शरीरमा लागेको रोग छिटोे पत्ता लगाउन सकिन्छ । आँखामा केही असर भएको महसुस भएमा तुरुन्त डाक्टरबाट परामर्श लिई उपचारतर्फ लागिहाल्नुपर्छ । सम्पूर्ण शरीर स्वस्थ भएमा आँखा पनि स्वस्थ हुन्छ ।
एजेन्सीको सहयोगमा
नमस्कार ! कसरी दन्तहर्ष हुनबाट बच्ने ? यदि भएमा कसरी निराकरण गर्ने ? (मुखबाट निस्कने दुर्गन्ध, गिजाबाट रगत आउने, गिजा सुनिने आदि। ) जस्ता दाँत तथा गिजाको स्वास्थ सम्बन्धि उचित सुझाव तथा सल्लाह दिनुहुन हार्दिक अनुरोध गर्दछु।