चामलको माडको फाइदा
काठमाण्डौं, १९ वैशाख । हाम्रो भान्छामा प्रयोग हुने हरेक वस्तुको उचित प्रयोग वा सदुपयोग गर्न सकेमा स्वास्थ्यमा देखिने सामान्य समस्याको घरमै बसेर उपचार गर्न सकिन्छ । भान्छामा प्रयोग हुने अधिकांस वस्तुको सहि सदुपयोग गर्दा हामी निरोगी र स्वस्थ पनि रहन्छौं । खाना पकाउँदा प्रयोग हुने विभिन्न वस्तुको आ–आफ्नै विशेषता भएकाले तिनीहरुबाट उचित फाइदा लिन सकिन्छ । भान्छामा प्रयोग हुने वस्तुहरुमध्ये माड पनि एक महत्वपूर्ण वस्तु हो जसले स्वास्थ्यका लागि विभिन्न नियमित सेवन गर्दा धेरै प्रकारका बिरामीलाई राहत मिल्छ ।
–जलवियोजन रोक्ने सब भन्दा प्राकृतिक तरीका चामलको माडको सेवन गर्नु हो । यसले गर्मीको समयमा धेरै नै फाइदा हु न्छ ।
— यदि कुनै व्यक्तिमा कब्जियतको समस्या छ भने उसले चामलका माडको सेवन नियमित रुपमा गर्नुपर्छ । यसले कब्जियतको समस्या हटाउनुको साथै आरामसमेत दिन्छ ।
— चामलको माड झाडापखालाको उपचारका लागि सबैभन्दा उत्तम मानिन्छ । माडको नियमित सेवनले डिहाईड्रेशन वा पखालाको समस्या हटाउँछ ।
— चामलको माडमा भरपुर मात्रामा उर्जा हुन्छ । यसले व्यक्तिको शरीर चुस्त बनाइराख्छ ।
— चामलको माडमा एन्टि अक्सिडेण्ट वा भिटामिन ए हुन्छ, जसले क्यान्सर जस्तो घातक रोगसँग लड्न सहयोग गर्छ ।
— नियमित रुपमा चामलको माड सेवन गर्नाले बुढेसकालमा बिर्सने रोग अल्जाइमर हुने संभावना कम हुन्छ ।
— चामलको माड पिउनाले शरीरमा हुने भाइरल इन्फेक्सन कम हुुनुको साथै शरीरको लागि आवश्यक पर्ने पोषक तत्व पनि पाउन सकिन्छ ।
— गर्मीको समयमा दिनमा एक गिलास चामलको माड पिएर निस्कनुहोस् । यसले सूर्यको तापको प्रभाव शरीरमा कम पर्न जान्छ ।
एजेन्सीको सहयोगमा