प्राकृतिक प्रकोप पछि सरुवा रोगको जोखिम
हरेक बर्ष हामी बाढी पहिरोको समाचार सुन्ने गर्छौं, कतिपय त प्रत्यक्ष रुपमा प्रभावित समेत भएका छौं । दुइ बर्ष अगाडिको विनासकारी महाभूकम्पको असर अझै बिर्सन सकेका छैनौं । यो बर्ष पनि पुरै तराइ जलमग्न भयो र पहाडी भू–भागहरु पहिरोको चपेटामा परे । बाढी पहिरोले गर्दा जन– धनको धेरै क्षति भैसकेको छ र अबस्था अझै पनि खतरामुक्त भैसकेको छैन ।
बाढी पहिरो जस्ता जल तथा मौसम सम्बन्धि प्रकोपहरुले संसारमा हुने प्राकृतिक विपत्तिको झन्डै चालिस प्रतिशत हिस्सा ओगटेको छ । भूकम्प दोस्रो स्थानमा आउछ । नेपालको परिपेक्षमा यी दुवैले समय समयमा विपद निम्त्याउने गरेको छ । सायद प्राकृतिक प्रकोपहरु केही दसक देखि धेरै मात्रामा देखिन थालेका छन् र अझ विनासकारी बनिरहेका छन् ।यसका कारण मौषम परिबर्तन, अनियन्त्रित सहरीकरण, जथाभाबी गरिएका पूर्वाधार निर्माण, भूक्षय, जंगल फडानी आदि हुन सक्छन, जुन समिक्षाको भिन्दै पाटो हो ।
यसैबीच प्राकृतिक प्रकोपहरुले निम्त्याउने स्वास्थ्य समस्याहरु, बिशेषत बाढी पछि फैलन सक्ने सरुवा रोगको महामारी बारे अहिले हाम्रो ध्यान केन्द्रित भैरहेको छ ।कुनै पनि प्राकृतिक प्रकोप पछि जनस्वास्थ्य समस्याहरु तिन चरणमा देखिने गर्छन । पहिलो चरण चार दिनसम्म रहन सक्छ, जुन अबधिमा प्रकोपको कारण घाइते भएकाहरुको उद्दार गरेर चोटपटक तथा प्राणघातक जटिलताहरुको तात्कालिक उपचार गरिन्छ । दोस्रो चरण प्रकोपको प्रभाब पछिको चरण हो जुन चार दिन देखि चार हप्तासम्म रहन सक्छ ।यो अबधिमा पानी, खाना वा हावाबाट सर्ने सरुवा रोगहरुको महामारी सुरु हुन सक्छ । तेस्रो चरण प्रकोपको चार हप्तापछि सुरु हुन्छ जतिबेला प्रकोपकै बेलातिर प्रभावित ब्यक्तिमा सरेका कुनै कुनै रोगहरुको लक्षण देखिन थाल्छ र त्यो ठाउमा लुप्त रहेका वा अरु ठाउबाट आएका रोगहरुले महामारीको रुप लिन सक्छ ।
सामान्यतया प्रकोपको तिन महिनापछि सहयोगको लागि आएका संस्थाहरु प्राभाबित ठाउबाट फर्किसकेका हुन्छन । खानेपानी, सरसफाई जस्ता आधारभूत कुराहरु त्येतिबेला सम्म पनि उपलब्ध नभएका हुनसक्छन र प्रकोपको आर्थिक असरले गर्दा समुदाय झन् धराशायी बनेका हुन सक्छन जसले गर्दा कतिबेला कुन रोग फैलिन सक्छ भन्ने कुरा अनुमान गर्न गार्हो हुन्छ र यो अबस्था लामो समयसम्म रहन सक्छ ।
प्राकृतिक प्रकोपका कारण तुरुन्त हुने मृत्युको मुख्य कारण चोटपटक नै हो । पानीमा डुबेर, भेलले बगाएर, पहिरोमा पुरिएर, भूकम्पले भत्काएका संरचनामा पुरिएर हुने मृत्यूका अलावा कतै ठोकिएर वा च्यापिएर अनि धारिलो कुराले काटेर हुने चोटपटकमा पछि संक्रमण हुने सम्भावना अधिक हुन्छ जुन मृत्युको कारण बन्न सक्छ । सरुवा रोगका कारण हुने मृत्यु तुलनात्मक रुपमा कम नै हुने गरेको छ तर मिडिया तथा स्वास्थ्य अधिकारीहरु यो बारे धेरै सम्बेदनशील हुने गर्छन । बिबिध जनस्वास्थ्य कार्यक्रमहरु द्वारा सरुवा रोगको रोकथाम र नियन्त्रण गर्नु महत्वपूर्ण कुरा त हो, तर यथार्थ नबुझिकन अनाबस्यक हल्ला गर्दा जनमानसमा भय, अनिश्चितता र सिमित स्रोत साधनको दुरुपयोग पनि हुन सक्ने सम्भावना प्रति पनि सचेत हुन जरुरि छ ।
बास्तबमा प्राकृतिक प्रकोपले गर्दा स्वास्थ्य संस्थामा क्षति हुने र समग्र स्वास्थ्य प्रणाली अबरुद्द हुने अबस्था आयो भने चाहिं जन स्वास्थ्यमा दिर्घकालिन असर पर्न सक्छ । खोप कार्यक्रम, सरुवा रोगको अनुगमन तथा भेक्टर नियन्त्रण कार्यक्रमहरु संचालन हुन सकेनन भने संक्रामक रोगहरु फैलिने र महामारीको रुप लिने सम्भावना बढ्छ ।आवस्यक औसधि उपचार गर्न नसक्दा र अनियन्त्रित रुपमा औसधि प्रयोग गर्दा पनि समस्याहरु आउन सक्छन । खेतीपाती तथा पशुजन्य उत्पादनमा असर परेर वा संग्रहित खानेकुराको नाश भएर खाद्य संकट आउन सक्छ र कुपोषण बढ्न सक्छ । कुपोषण र सरुवा रोगको चक्र बाढी प्रभावित क्षेत्रमा लामो समयसम्म रहन सक्छ ।
पानीबाट सर्ने रोगहरु प्रकोप पछि सबै भन्दा बढी देखिने सरुवा रोग हुन् । यसमा सबैभन्दा बढी देखिने झाडापखाला हो । बाढी प्रभावित क्षेत्र वा प्रकोप पछि बनाइएका अस्थाई आवासमा चालिस प्रतिशत भन्दा बढी मृत्यु झाडापखालाले गर्दा हुन्छ िजन्डिस गराउने हेपाटाइटिस ए र इ दुषित पानीबाट सर्ने गर्छ र केहि बिरामीहरुको यसले पनि ज्यान लिन्छ ।दुषित पानी र खानाबाट टाईफाईड, रगतमासी आदि पनि सर्छन ।
यी रोगहरु धेरैजसो खानेपानीमा दिशा मिसिएको कारण हुने गर्छ किनकि दिशामा यी रोग गराउने किटाणु हुन्छन । पानी वा खानेकुरा तयारी वा भण्डारणको बेलामा वा एक ठाउबाट अर्को ठाउमा लैजादा पनि दुषित हुन सक्छन । प्रभावित ठाउमा स्रोत साधनको कमि हुने र सरसफाइमा ध्यान पुर्याउन गार्हो हुने भएकाले पनि पानीबाट सर्ने रोगहरु बढी देखिने गर्छन । बाढी, पहिरो, भूकम्पले ढल निकास ब्यबस्था पनि बिगारिदिएको हुन सक्छ, जसले गर्दा पानीको स्रोत दुसित हुने र आवास क्षेत्र प्रदुषित हुने हुन्छ ।
पानीबाट सर्ने अर्को प्राणघातक सरुवा रोग लेप्टोस्पाइरोसिस हो जसमा बिरामीलाई शुरुमा ज्वरो आउछ र हप्तादिन पछि केहिदिन ज्वरो कम भएर फेरि ज्वोरो संग जन्डिस हुने, बेहोस हुने, मृगौला खराब हुने जस्ता समस्या आएर ज्यान समेत जान सक्छ ियो रोग गराउने किटाणु मुसा वा अन्य जनावरहरुको पिसाब पानीमा मिसिएर उक्त पानी पिउदा वा त्यो पानीले दुषित बनाएको खानेकुरा सेवन गर्दा सर्ने हुन्छ । बाढी, भूकम्प आदिले मुसाको बिगबिगी बढाउछ र लेप्टोस्पाइरोसिस बाहेक स्क्रब टाईफस, प्लेग जस्ता रोग पनि फैलिन सक्छ ।
जव धेरै मानिसहरु सानो ठाउमा बस्न थाल्छन, स्वास्प्रस्वासबाट सर्ने रोगहरु छिट्टै फैलिंछन् । यस्ता रोगमा रुघाखोकी, फ्लु, निमोनिया, दादुरा, क्षयरोग, मुटुको बाथ आदि पर्दछन िसंक्रमित व्यक्तिलाई छोएर सर्ने केहि रोगहरु पनि यस्तो बेलामा अलि बढी देखिन सक्छन ।प्राकृतिक प्रकोपले गर्दा धेरै मानिस तथा जनावरहरु हताहती भएको हुन सक्छ । मानब लासले गर्दा सरुवा रोगको जोखिम बढाउछ कि बढाउदैन भन्ने कुरा बिबादास्पद नै छ ।
आजसम्म ठुला प्रकोपहरुपछि लासको कारण कुनै रोगको महामारी फैलिएको रेकर्ड भेटिदैन । लास कुहाउने किटाणुहरुले मान्छेमा रोग लाग्ने हुदैन । रोग लाग्ने किटाणुहरु प्राय मृत शरीरमा लामो समय बाच्न सक्दैनन् । हैजा र रगत बग्ने ज्वरो लगाउने कुनै कुनै भाइरल संक्रमणको महामारी फैलिएको बेला मृत शरीरसंग केहि साबधानी अपनाउन पर्ने हुन्छ, तर आफ्नो संस्कारअनुसार काजक्रिया गर्न रोकतोक लगाउन भने पर्दैन ।
संक्रमित मध्य मरेका भन्दा जीवितहरु नै प्रकोपका बेला सरुवा रोग फैल्याउन बढी जिम्मेवार हुन्छन । हाल तराइमा आएको बढीले सरुवा रोगहरु फैलिन सक्ने जोखिम त अबस्य छ । तथापि यो जोखिम बाढी आफैले गर्दा हैन, बाढीबाट मरेका लासका कारण पनि हैन, बरु बाढी पछि उत्पन्न हुने परिस्थितिले गर्दा हुने हो । जस्तै, बाढीले बस्ती पुरै बगाएका कारण हजारौं मानिसहरु बिस्थापित भएर स्कुल, मन्दिर, चौर आदि ठाउहरुमा बसिरहेका छन् ।केहि ठाउहरुमा अस्थाई टहरा वा क्याम्प बनाएर पनि राखिएका छन् । ती ठाउहरुमा केहि जनामा कुनै संक्रामक रोग देखियो भने धेरै जनामा छिटै सर्न सक्छ ।
बाढीले पानीका स्रोतहरु दिशा वा बिसाक्त केमिकलले दुषित गराउन सक्छन । त्यस्ता ठाउहरुमा शुद्द खानेपानी, शौचालय, फोहर ब्यबस्थापन लगायत सरसफाईमा ध्यान दिन नसकिएको हुन सक्छ । तसर्थ पानी र खानाबाट सर्ने रोगहरुको जोखिम अत्यधिक बढ्न सक्छ । फेरि पानीका तलाउ तथा खल्टाहरुमा लामखुट्टेको बृद्दी हुने हुदा त्येसको टोकाइबाट सर्ने विभिन्न रोगहरु बढ्न सक्छन । स्रोत साधनको अभाब र जीविकोपार्जनका अन्य प्राथमिकताले गर्दा आफ्नो र अरुको स्वास्थ्यमा असर गर्ने यी कुराहरुमा ध्यान दिन सकिएको पनि हुदैन ।
तसर्थ प्रकोप पछि प्राथमिक उपचार सेवा सुचारु गर्नु पहिलो प्राथमिकता हुन आउछ । अब्यबस्थित र योजनाविहीन तरिकाले संचालन गरिने स्वास्थ्य शिबिरहरुले खासै फाइदा गर्दैन । बरु धेरै भन्दा धेरै बिरामीहरुको उपचार गर्ने स्थानीय स्वास्थ्य संस्थाको क्षमता बढाउन सकियो भने त्येसले तत्कालिक एबम दिर्घकालिन फाइदा दिन्छ । स्वास्थ्य संस्थाहरुमा आबस्यक औषधि तथा उपचार सामग्री उपलब्ध गराउनुपर्छ । संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु पूर्णतया उपलब्ध हुने बाताबरण बनाउनुका साथै आबस्यकता अनुसार थप जनशक्ति प्रदान गर्न सक्दा बिरामीहरुले समयमा उपचार पाउन सक्छन । यसले गर्दा गुणस्तरमा पनि सम्झौता हुदैन । सामान्यतया स्वास्थ्य शिविरहरुमा आकस्मिक तथा साधारण उपचार मात्र दिन सकिने हुन्छ र त्यो पनि बिबिध कारणले गुणस्तरहीन हुने गरेको देखिन्छ । अत सम्भब भएसम्म संथागत उपचार सेवामा जोड दिनु नै उपयुक्त हुन्छ । बरु स्थानीय स्वास्थ्यकर्मीको क्षमता बढाउन तत्कालिन रुपमा आवस्यक बिशेसज्ञ उपलब्ध गराउने र उनीहरुलाई तालिम तथा उपचार निर्देशिका उपलब्ध गराउन सकिन्छ ।
रोगको निदान र उपचारसंगै जनस्वास्थ्य कार्यक्रमहरु पनि संगै लैजानु पर्छ । बरु जनस्वास्थ्य कार्यक्रमलाई घर घरमा पुर्याउन सक्यो भने सरुवा रोगको रोकथाम र नियन्त्रणमा सघाउ पुर्याउछ । अस्थाई चर्पीको निर्माण गर्ने, शुद्ध खानेपानीको ब्यबस्था गर्ने, अस्थाई बासस्थान वा घर वरपर सरसफाइमा ध्यान दिने, हात धुने कुरालाई थप जोड दिने र हात धुन चाहिने पानी, साबुन, जग र धारा उपलब्ध गराउने, कपडाहरु सफा राख्ने, वरपरका पानी जमेका खल्टाहरु पुर्ने, सम्भब भएसम्म झुल लगाउने वा पुरा शरीर ढाक्ने कपडा लगाउने कुरा रोग लाग्न र सर्न नदिने मुख्य उपाएहरु हुन् ।
यसका अलावा स्वास्थ्य प्रणालीलाई महामारी फैलनु अगाडी नै कुन बेला कस्तो रोग देखिदैछ भन्ने पत्ता लगाएर सम्भावित जोखिम आकलन गर्न सक्ने गरी तयारी हालतमा राख्नु पनि उत्तिकै जरुरी हुन्छ । यो त्यतिबेला सम्भब हुन्छ जतिबेला प्राकृतिक प्रकोप हुनु अगाडी देखि नै संक्रामक तथा जनस्वास्थ्यका दृस्टीले खतरायुक्त रोगहरु रिपोर्ट गर्ने र महामारीको रुप लिदै गरेको सरुवा रोगको प्रकोपलाई नियन्त्रण गर्ने प्रणाली बिकसित भएको हुन्छ ।
(वालरोग बिशषज्ञ डा दिनेश धरेल धरान स्थित बि पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानका उपप्राध्यापक हुन् ) इमेल– [email protected]