एकपटक हृदयघात भइसकेकाले के गर्ने ? मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईका १० सुझाव
असन्तुलित खानपान, विलासी जीवनशैली र नियमित परीक्षणको अभावमा हिजोआज धेरै मानिस मुटुरोगको शिकार बनेका छन् । जसले गर्दा कतिपयलाई युवा अवस्थामा नै हृदयघात हुने गरेको पनि भेटिन्छ । एकपटक हृदयघात भैसकेकालाई दोहोर्याएर मुटुरोग बल्झिने वा पुनः हृदयघात हुने सम्भावना हुने चिकित्सकहरु बताउँछन् । एकपटक हृदयघात भैसकेकाले फेरी यसलाई दोहोरिन नदिन के गर्ने ? मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईका १० सुझाव यस्ता छन् ।
- नियमित परीक्षण गराउने
- धुम्रपान र मद्यपान नगर्ने
- तनावमुक्त रहने
- शरीरको तौल सन्तुलनमा राख्ने
- कोलस्ट्रोललाई बढ्न नदिने
- रगतमा चिनीको मात्रा सन्तुलनमा राख्ने
- चिल्लोजन्य, बोसो र बढि कार्वाेहाइडेड भएको खाने कुरा नखाने
- नियमित शारीरिक व्ययाम गर्ने (मुटुको अवस्था अनुसार)
- चिसोबाट जोगिने (बिहान बेलुका चिसोमा घर बाहिर ननिस्कने)
- भिटामिन ए र डीको मात्रा सन्तुलन राख्ने
Last modified on 2017-09-02 14:00:44
शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।