बलात्कृत १० वर्षिया बालिकाले जन्माइन छोरी 



Download our app to get more features

बीबीसी, भदौ २ । भारतको चण्डिगढमा आफ्नै नजिकको नाता पर्नेबाट  बलात्कृत भएकी १० वर्षिया बालिकाले साढे २ किलोकी बच्ची जन्माएकी छिन् ।

त्यहाँको सरकारी अस्पतालमा गत आइतबार बिहान ती बालिकाले छोरी जन्माएकी हुन् । अस्पताल स्रोतका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अहिले राम्रो रहेको छ । बलात्कृत भएकी ती बालिकाको परिवारले गर्भपतन गरी पाउँ भनेर अदालतमा रिट निवेदन हालेको भएपनि  आमा र बच्चा दुवैको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै मेडिकल रिपोर्टअनुसार गर्भपतन गर्न जोखिम देखिएपछि अदालतले गर्भपतनका लागि अनुमति दिएको थिएन ।

समाचार एजेन्सी पिटीआइका अनुसार ती बालिका स्वयंलाई थाहा छैन की आफू बलात्कार पछि आमा बनेकी छु । परिवारजनका अनुसार चिकित्सकहरुले शल्यक्रिया गरेर बच्चा निकालिदिएका हुन् । पिडीत बालिका पटक पटक बलात्कृत भएको परिवारको भनाई छ ।  अचानक धेरै पेट दुखेपछि अस्पताल लैजादा ती बालिका ३० हप्ताकी गर्भवती रहेको पत्ता लागेको थियो । 
 

Last modified on 2017-08-18 16:58:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts