युरिक एसिडबाट बच्ने यस्ता छन् उपाय (भिडियोसहित)
युरिक एसिड भनेको खानामा पाइने एक प्रकारको प्रोटिन हो । यसको असन्तुलनले बाथलगायत रोग लाग्छ । बाथ रोग दुई सय भन्दा बढी प्रकारका छन् । त्यसमध्ये एक हो यूरिक एसिड । यूरिक एसिडबाट जोगिन बाथरोग विशेषज्ञ डा. दीपा शाह यस्तो सुझाब दिन्छिन् :
कारण :
यूरिक एसिड हुने कारण धेरै छन् । तर, मुख्य कारण भनेको शरीरमा प्युरिन नामक प्रोटिन बढी हुनु । प्यूरिनको मात्रा ६ मिलिग्राम प्रतिलिटर भन्दा बढी भयो भने बाथरोग लाग्नसक्छ । तर, यो व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा निर्भर रहन्छ ।
लक्षण : युरिक एसिडको लक्षण चाडै देखा पर्छ । २/४ घण्टाकै अवधिभित्र लक्षण देखिन थाल्छ । समान्य लक्षणहरू यस्ता छन् ।
- खुट्टाको बुढी औँलाको जोर्नी दुख्ने, सुन्निने, रातो हुने ।
- शरीरका अन्य जोर्नीहरु दुख्ने ।
- जोर्नी छेउछाउमा स–साना हड्डीका टुक्रा भेटिने ।
- शरीर आलास्य हुने, दुख्ने ।
यस्ता खानाले बढाउँछ यूरिक एसिड :
यूरिक एसिड भएका व्यक्तिले प्युरिन बढी भएका खाना खानु हुँदैन । विशेषगरी निम्न खानामा प्यूरिनको मात्रा बढी हुन्छ ।
- सेतो काउली
- च्याउ
- रातो मासु, छाला, भुटन, आन्द्रा
- पलुंगोको साग
- भटमासबाट बनेका खाना
- बियर
बच्ने उपाय
- पानी प्रशस्त पिउने ।
- स्वस्थ खाना खाने ।
- सक्रिय जीवनशैली अपनाउने ।
- कम्तीमा वर्षको एक पटक स्वास्थ्य परीक्षण गराउने ।
- तनाबबाट मुक्त रहने ।
खानपानमा साबधानी अपनाए यूरिक एसिड सहजै ठीक हुन्छ । तर, बेलैमा उपचार नगरे हड्डी ड्यामेज पनि हुन सक्छ । जसले सदाको लागि अस्वस्थ हुनु पर्ने अबस्था आउनसक्छ ।
भिडियो हेर्नुस् ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>