बाढी प्रभावित क्षेत्रमा औषधि पर्याप्त छ : स्वास्थ्य मन्त्रालय
काठमाडौं, ३० साउन । स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित जिल्लाका सबै स्वास्थ्य संस्थामा आवश्यक औषधि मौजुदा पर्याप्त रहेको जनाएको छ । औषधि पर्याप्त रहेकाले नआत्तिन स्वास्थ्य मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले बाढी प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने भन्दै सचेत रहन समेत सर्वसाधारणलाई आग्रह गरेको छ । महाशाखाका निर्देशक डा. भीम आचार्यले बाढी प्रभावित क्षेत्रमा झाडापखाला, हैजा, टाइफाईट, आँउ, जण्डिस जस्ता रोग फैलन सक्ने हुँदा सचेत रहन आग्रह गरेका हुन् । निर्देशक डा. आचार्यले महाशाखाले पनि बाढी प्रभावित क्षेत्रमा महामारी फैलन नदिन विभिन्न उपाय अवलम्बन गरिरहेको जानकारी दिए । उनले भने ‘जिल्ला अस्पताल, पाँच वटा क्षेत्रिय भण्डारण केन्द्र तथा प्रभावित जिल्लामा प्रशस्त औषधि मौजुदा छ ।’
फत्तेपुर चौकीमा औषधि पु¥याउने तयारी
बाढीले बाँकेस्थित फत्तेपुर स्वास्थ्य चौकी डुबानमा परेको र त्यहाँको सबै औषधि नष्ट भएको निर्देशक डा. आचार्यले बताए । यद्यपि, त्यहाँ नेपालगञ्जबाट औषधि पठाउने तयारी भइरहेको उनको भनाई छ । बाढी प्रभावित क्षेत्रमा महामारी फैलन नदिन महाशाखाले सम्बन्धीत क्षेत्रका सञ्चारमाध्यममार्फत सचेतनाममूलक सन्देश दिन थालेको जनाएको छ । साथै स्थानिय तहमा रहेका स्वास्थ्यकर्मीको सहयोगमा जनचेतना जगाउने, पानी शुद्धिकरण गर्ने र औषधि वितरण सुरु गरेको महाशाखाले जनाएको छ ।
‘बाढी आएको ३/४ दिनपछि मात्रै विभिन्न स्वास्थ्य समस्या देखिने हुँदा महाशाखा सर्तकताका रहेको छ र सम्बन्धीत जिल्लामा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका छन् ।’ निर्देशक आचार्यले भने ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>