भीषण बाढीका कारण तराईका अधिकांश अस्पताल डुबानमा, सर्पदंश पनि बढ्यो
काठमाडौं । लगातारको वर्षाका कारण पूर्वि तराईका अधिकासं क्षेत्रका अस्पाताल तथा स्वास्थ्य संस्थासमेत डुबानमा परेका छन् । बाढीका कारण अस्पताल परिसर सहित उपचार कक्षमा समेत पानी पस्दा बिरामी र कुरुवाहरुलाई समस्या भएको छ ।
तराईका अधिकासं जिल्ला अस्पतालहरु सर्लाही, महोत्तरी, सप्तरी, सिराहा, सुनसरी रौतहट जिल्ला अस्पताल मात्र होइन अञ्चल अस्पतालमा पनि बाढीका कारण धेरै समस्या भोग्नु गरेको छ । जनकपुर अञ्चल अस्पतालकी मेडीकल सुपरिटेन्डेन डा. कल्पना बच्छारका अनुसार अस्पतालमा घुँडाघुँडासम्म पानी जमेको छ । ‘पानीका कारण इमरजेन्सी र ओपीडीमा समस्या परेको छ,’ उनले भनिन् ‘तर हामीले अन्य व्यवस्था गरेर उपचार सेवा दिइरहेका छौं ।’ अस्पताल बाहिर जलमग्न भएका कारणले पानी बाहिर पठाएर सफा गर्ने अवस्था नरहेको समेत उनले बताइन् ।
सम्पूर्ण क्षेत्रमा जलमग्न भएका कारण अस्पतालसम्म बिरामी नआईसकेका र निकट भविष्यमा पर्न सक्ने भवितव्यलाई मनन् गर्दै पूर्व तयारी अपनाइएको उनले जानकारी दिइन् ।
यस्तै, बाढीका कारण महोत्तरी जिल्लामा सर्पदंशका बिरामीहरुको संख्या बढेको छ । जिल्लाका अधिकांश भु भाग नै जलमग्न हुँदा सरकारी सहित निजी अस्पताल र स्वास्थ्य चौकीहरुमा पानी पस्दा उपचार गराउन आउने बिरामीहरु मर्कामा परेका छन् । महोत्तरीको जलेश्वरमा सर्पदंशको औषधि नहुँदा झनै समस्या भएको जनाइएको छ । यसैगरी, रौतहट, सिरहा, सप्तरी, मोरङ, झापा, सुनसरी सहितका जिल्लामा पनि अस्पतालमा पानी पस्दा बिरामीहरु समस्यामा परेका छन् भने पश्चिम नेपालको बाँके, बर्दिया, बागलुङ सहितका जिल्लामा पनि बाढी र पहिरोका कारण बिरामीहरुको संख्या बढेको तर अस्पतालमा पानी पस्दा बिरामीहरु विचल्लीमा परेका छन् ।
त्यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बाढिका कारण समस्यामा परेका बिरामीको सेवाका लागि हाइअलर्टका साथ बसेको त्यहाँबाट हाम्रो डक्टर संवाददाताले जनाएका छन् । धरान क्षेत्र अहिलेसम्म बाढीमा नपरेका कारण पनि त्यहाँ बिरामी उपचारमा आउनसक्ने भन्दै हाइअलर्टमा बसेको छ ।
विराटनगर क्षेत्र पनि ढुबानमा परेको छ । विराटनगरमा रहेको कोशी अञ्चल अस्पताल, नोबल अस्पतालमा पनि पानी पस्दा त्यहाँ रहेका बिरामी र कुरुवा समेत मर्कामा पर्नुको साथै खाना समेत पाउन नसकेका समाजसेवी धिरज पोखरेले बताए । उनले भने ‘विराटनगर नर्सिङ्ग होममा अहिलेसम्म पानी छिरेको छैन, तर पनि सबै क्षेत्र ढुबानका कारण त्यहाँका बिरामी तथा कुरुवाका लागि खाना, बिस्कुट, दुधलगायातका खाने कुरा वितरण गरेका छौं ।’
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>