यस्तो देखियो डा. केसीको समर्थनमा गरिएको तेश्रो प्रदर्शन...



Download our app to get more features

काठमाण्डौ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि भन्दै एघारौं पटक २० दिनदेखि आमरण अनशनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन गरिएको छ । 

मुख्यगरी चिकित्सा शिक्षा ऐन पारित हुनुपर्ने मुख्य माग राखि यो पटक अनशन बसेका केसीका माग पूरा गराउन दवाव दिने उद्देश्यले गरिएको पछिल्लो प्रदर्शनमा ‘६०१ लाई भत्ता, चिकित्सा ऐन बेपत्ता’ जस्ता नाराका ठूलो संख्यामा युवाहरु सडकमा उत्रिएका छन् । 

‘कान खोली सुन ओली देउवा प्रचण्ड तिम्रो माफिया मोहले देश हुन्न सम्पन्न, माफियाहरु देश घेर्दै ६०१ के हेर्दै ?, संसद भत्ता एकै दिन चिकित्सा ऐन वर्षौ दिन’ जस्ता नारा लेखिएका टोपी लगाई युवाहरु सडका उत्रिएका थिए ।  त्यसैगरी सांसदहरु माफियाको मोहमा रहेको प्रस्तुत गर्दै माफियाले ६०१ सभासदलााई लिएर हिडेको सांकेतिकरुपमा प्रस्तुत गरिएको थियो । 

शनिवार विश्व युवा दिवस समेत परेको हुँदा डा. केसीको जीवनरक्षाको माग गर्दै युवाहरु स्वतस्र्फूत प्रदशर्नीमा उपस्थित भएका थिए । 

केसीको माग आनुसार चिकित्सा शिक्षा ऐन महिला बालकालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिबाट पास भइसकेको छ भने मंगलबार बस्ने संसद बैठकबाट ऐन पारित गर्ने छ । 
पटकपटकको अनशनका कारण डा. केसीको स्वास्थ्य नाजुक हुँदै गएको छ । हेरौं केसीको समर्थनमा शनिबार भएको प्रदर्शनमा बासुदेव न्यौपानेले खिचेका केही फोटा । 


 

Last modified on 2017-08-15 13:48:05

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts