‘दोहोरी किङ्ग’ शंकरको फिटनेस फर्मुला यस्तो रैछ...



Download our app to get more features

काठमाडौ । मोडल तथा कोरियोग्राफर शंकर बिसी कला क्षेत्रको नौलो नाम होइन ।

दोहोरीका किङ भनेर आफ्नो ब्राण्ड बनाएका मोडल तथा कोरियोग्राफर शंकर बिसी युवापुस्तामाझ निकै लोकप्रिय बन्न सफल भएका छन् । कला क्षेत्रमा प्रवेश गर्नुअघि सिएमए पढन भनि सुर्खेत पुगेका बिसी पढाइमा मन रमाउन सकेन । त्यसपछि उनि भागेर काठमाडौ आई कला क्षेत्रलाई आफ्नो रोजाई बनाएको बताउँछन् । 
शंकर बिसी जव सिएमएको पठाई छोडी भागेर काठ्माण्डौ आए, उनले बसन्तसँग नृत्य सिक्न सुरु गरे । सुरुमा कोरस नृत्यवाट करियर सुरु गरेका बिसीले त्यसपछि पछाडि फर्केर हेर्नु नपरेको बताउँछन् । हजोआज दोहोरी गीतको म्युजिक भिडियो भन्ने बित्तिकै लाखौ दर्शकले शंकर बिसीलाई सम्झने गर्दछन । कला छेत्रमै करिअर बनाउँछु भन्ने सोचेर अगाडी बढेका बिसीले हालसम्म २ हजारभन्दा बढि म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने हजारौ म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन । पछिल्लो समयमा फिल्मी गीतहरुको कोरियोग्राफी गर्न ब्यस्त देखिएका उनले झण्डै सयभन्दा बढि फिल्ममा कोरियोग्राफी गरिसकेका छन ।
स्वास्थ र सुन्दर रहन के गर्नुहुन्छ भन्ने हाम्रो डाक्टरको जिज्ञासालाई मेटाउँदै उनले भने– मेरो  दैनिक निकै एक्सरसाइज हुन्छ । बिहान ३—४ घण्टा र दिउसो १ घण्टा त डान्स क्लास नै दिनुपर्ने हुन्छ । त्यसबाहेक नियमित जिम क्लास पनि लिने गर्दछु । उठ्नेबित्तिकै १ लिटर पानी पिउँछन् । शरीरलाई स्वस्थ राख्न दिनको ४–५ लिटर पानी पिउँछु । भात कम खान्छु अरु हेल्दी डाइट लिने गर्छु यहि नै हो मेरो फिटनेशको राज । 
लाखौं युवाहरुको रोजाइमा परेका मोडल तथा कोरियोग्राफर शंकर आफ्नो स्वास्थ्यका लागि के गर्छन त  ? हेरौ उनको फिटनेशको राज :

मेरो  दैनिक निकै एक्सरसाइज हुन्छ । बिहान ३—४ घण्टा र दिउसो १ घण्टा त डान्स क्लास नै दिनुपर्ने हुन्छ । यतिका समय एरोबिक्स एक्सरसाइज हुने भएकाले अरु एक्सरसाइजको जरुरी नै पर्दैन । त्यसबाहेक नियमित जिम क्लास पनि लिने गर्दछु । उठ्नेबित्तिकै १ लिटर पानी पिउछन् । शरिरलाई स्वस्थ राख्न दिनको ४–५ लिटर पानी पिउँछु । भात कम खान्छु अरु हेल्दी डाइट लिने गर्छु । नियमित नुहाउने गर्छु ।

शंकर बिसीका हेल्दी लाइफका लागि ५ टिप्स 

  • नियमित एक्सरसाइज गर्ने
  • तनाबमुक्त रहनुपर्छ । रातदिन तनाबमा रहने मान्छे कहिलै स्वस्थ रहन सक्दैन । त्यस्ता मान्छे हेर्दा सधै अनस्फूर्त देखिने मात्र होइन, फेसको चार्मपनि हराएर जान्छ त्यसैले तनावमूक्त रहनु अति नै जरुरी हुन्छ ।
  • सन्तुलित भोजन गर्ने, जति मन लाग्यो त्यति भात नखाने, शरीरलाई चाहिने मात्रामा सन्तुलन कायम गरेर खाने बरु धेरैपटक खाने ।
  • पानी प्रशस्त पिउने ।
  • दिनचर्या व्यवस्थित बनाउने, सकरात्मक सोच राख्ने ।


  

Last modified on 2017-08-12 15:12:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts