नायिका ऋचा शर्मा नर्भिकमा भर्ना, तनावका कारण एन्जाइटी देखियो  



Download our app to get more features

काठमाडौं, ३ माघ । नायिका ऋचा शर्मालाई हृदयघातको आशंकामा आपतकालिन रुपमा नर्भिक अस्पतालमा भर्ना गरिएको छ । 

एक्कासि छाती दुख्ने, गह्रुंगो हुने तथा वाकवाक लाग्ने भएपछि उनलाई दिउसो नर्भिकमा भर्ना गरिएको हो । उनलाई हृदयघात भएको आशंकामा भर्ना गरिएपनि हृदयघात नभएको जनाइएको छ । फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जेपी जैसवाल नेतृत्वको टिमले उनलाई हृदयघात भएको हो होइन भन्ने पत्ता लगाउन एन्जिओग्राम गरिएको थियो । तर, उनलाई हृदयघात नभएर तनाव र एन्जाइटी भएको पाइएको अस्पतालले जनाएको छ । उनलाई औषधि दिइएको र शुक्रवारसम्म डिस्चार्ज गरिने जनाइएको छ । 

एन्जाइटी हुँदा हदृयघातको जस्तै लक्षण छाती गह्रुंगो हुने दुख्ने तथा वाकवाक लाग्ने तथा मन आत्तिने हुुुन्छ । शर्मालााई हृृदयघात भएको आशंकामा नर्भिकको इमर्जेन्सीमा भर्ना गरिएको थियो । 

Last modified on 2021-01-01 14:39:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts