स्त्रीरोग पहिचान र उपचारमा ल्याप्रोसकोपी प्रभावकारी (भिडियो सहित)



Download our app to get more features

विकसित देशहरूमा अधिकांश रोग पहिचान र उपचारको लागि ल्याप्रोस्कोपी प्रविधी प्रयोगमा छ । तर, नेपालमा भने यो प्रविधी भित्रिएको धेरै समय भएको छैन् । नेपालमा पनि ल्याप्रोस्कोपी प्रविधीको प्रयोग बढाउन सके यसबाट धेरै नेपालीले उत्कृष्ठ सेवा पाउनेछन् । ल्याप्रोस्कोपी प्रविधी बारे स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर डा. रंगीना शाह यसो भन्छिन् :

नेपालका केही अस्पतालहरूले स्त्री रोगको पहिचान र उपचारमा यो प्रविधी प्रयोगमा ल्याइसकेका पनि छन् । ल्याप्रोसकोपी भनेको धेरै चरफार नगरी दुरबिनबाट गरिने सर्जरी (शल्यक्रिया) हो । ल्यप्रोसकोपी विधीबाट स्त्रीहरूमा बच्चा निकाल्ने बाहेक धेरै रोगको शल्यक्रिया गरिन्छ । सामान्य शल्यक्रिया भन्दा कम समय, कम दुखाई हसन्छ । साथै अन्य धेरै दृष्टिबाट यो प्रविधी उपयुक्त मानिन्छ । यसमा पुरानो पद्वतिमा जस्तो पुरै बेहोस पारेर शल्यक्रिया गर्नु पर्दैन । जहाँ दुखेको हो वा सम्भावित स्थानमा सानो प्वाल पारिन्छ र दुरबिन छिराई त्यहि अंगको अवस्था हेरी उपचार गरिन्छ । 

यस प्रविधिका फाइदाहरू :

  • पुरानो प्रविधीबाट शल्यक्रिया गर्दा १० सेन्टीमिटर चिर्नु पर्छ भने, यो प्रविधिबाट एक सेन्टीमिटर ।
  • दुुखाई कम हुने ।
  • रगत कम बग्ने ।
  • घाउ छिटो निको हुने ।
  • अस्पतालमा धेरै समय बस्नु नपर्ने । 
  • बिरामीलाई शारीरिक तथा मानसिक तनाव कम हुने ।

ल्याप्रोसकोपीबाट सहज उपचार हुने रोगहरू :

  • पाठेघरबाट धेरै रगत बगेमा ।
  • पाठेघरमा ट्युमर पलाएमा ।
  •  बच्चा पाठेघरको नलीमा बसेमा ।
  • डिम्बनलीमा ट्युमर पलाएमा । 

पुरानो प्रविधी र यो ल्याप्रोसकोपीको अन्तर :
पुरानो प्रविधीबाट शल्यक्रिया गर्दा बिरामीलाई बेहोस पारेर समस्या देखिएको अंगको माथिल्लो भागमा १० सेन्टीमिटर चिरिन्छ । छालाको ४/५ तह चिर्नुपर्ने हुन्छ । तर, ल्याप्रोसकोपीबाट शल्यक्रिया गर्दा एक सेन्टीमिटरको सानो प्वाल पारी दुरबिन छिराई सम्बन्धीत स्थानको अबस्था हेरिन्छ । जुन ठाउँबाट दुरबिन छिराउनु पर्ने हो त्यहाँ आधा आधा सेन्टीमिटरका प्वाल पारी आवश्यक औजारको सहायताले शल्यक्रिया गरिन्छ ।

हरेक दृष्टिले उत्कृष्ठ 
ल्याप्रोसकोपी प्रविधी निकै प्रभावकारी भए पनि नेपालको सन्दर्भमा भने यस बारे केही भ्रम छन् । महंगो छ, रोग निधान हुन लामो समय लाग्छ, एक पटक रोग निको भए पनि दोहोरिन्छ भन्ने धेरैमा भ्रम छ । तर, त्यसो होइन । यो पुरानो पद्वतिबाट शल्यक्रिया गरे जत्ति नै मात्र पैसा लाग्छ । रोग पनि छिटो निको हुन्छ । हरेक दृष्टिले यो उपचार प्रद्वति उत्कृष्ठ छ ।

भिडियो हेर्नुस् । 

Last modified on 2017-08-12 11:38:55

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts