के हो मन आत्तिने एन्जाइटी डिसअर्डर ?



Download our app to get more features

सामान्य अवस्था भन्दा मन बढी आत्तिने र डर लाग्ने समस्यालाई एन्जाइटी डिसअर्डर भनिन्छ । कहिलेकाही मन आत्तिने, डर लाग्ने समस्या हामी सबैमा हुन्छ, तर जब त्यो सामान्य अवस्था भन्दा बढी हुन्छ । हाम्रो दैनिक क्रियाकलापलाई नै असर गर्छ त्यस्तो स्थितिमा त्यो रोग बन्न जान्छ । यसको उपचार जरुरी हुन्छ । 

किन हुन्छ एन्जाइटी ?

एन्जाइटी डिसअर्डर हाम्रो मस्तिष्कमा हुने विभिन्न न्युरोट्रान्स्मिटरहरू गाबा, डोपामिन, सेरोटोनिन आदिमा गडबडी आए देखिन सक्छ । यसको निम्ति निम्न विषयले थप भूमिका खेलिरहेको हुन्छ ।

    परिवारमा वा हाडनातामा एन्जाइटी डिसअर्डर भएमा ।

   लामो समय अनिदो बस्नु ।

   अचानक धेरै तनाबपूर्ण व्यक्तिगत, सामाजिक र पारिवारिक कारण वा कुनै भवितव्य आइपर्नु ।

   मस्तिष्कलाई उत्तेजित बनाउने पदार्थहरु जस्तंै रक्सी, चुरोट आदीको अत्यधिक सेवन । 

►   अन्य दीर्घरोगहरू जस्तैं थाइराइड, क्यान्सर, मुटु, मिर्गाैला आदिको समस्या भएमा । 

लक्षणहरू 

►   अचानक त्रास र डर लाग्ने ।

   मुटु हल्लिने, काप्ने वा छिटोछिटो चलेजस्तो अनुभव हुने ।

   मन आत्तिने ।

  शरीरको विभिन्न भाग दुख्ने ।

  पसिना आउने ।

  अनुहार रातो र आत्तिएको जस्तो हुने ।

►  छाती, पेट दुखेजस्तो हुने ।

  काममा ध्यान नजाने ।

►  नकारात्मक सोचहरू आउने ।

  निन्द्रा नलाग्ने ।

  खान मन नलाग्ने ।

यस्तो लक्षणहरू ६ महिना वा सो भन्दा बढी देखिएमा एन्जाइटी डिसअर्डर भनेर यकिन गरिन्छ ।

जाँच

यो रोगको निम्ति विशेष जाँच छैन । मनोचिकित्सकको परामर्श लिन गएमा रोगको लक्षण र प्रकृति हेरेर एन्जाइटी भए÷नभएको थाहा पाउन सकिन्छ ।

उपचार विधी

अन्य रोगहरू जस्तैं एन्जाइटी डिसअर्डर पनि उपचार गरे निको हुने रोग हो । औषधि र चिकित्सकको भूमिका त छदैछ । यो रोग निको गराउन बिरामी आफै र परिवारको भूमिका थप महत्वपूर्ण रहन्छ । यस रोगको कारण र रोगलाई बल्झाउने माध्यमहरू बिरामी अनुसार फरकफरक हुन सक्छ । त्यसैले आफुलाई के कारणले गर्दा यो रोग बल्झिन्छ भन्ने थाहा पाएर त्यसबाट सकेसम्म टाढा बस्नु बुद्धिमानी हुन्छ । 

एन्जाइटी डिसअर्डर उपचारमा ध्यान पुर्याउनु पर्ने कुराहरू 

  चिकित्सकको सल्लाहमा औषधि सेवन गर्ने । कतिपय अवस्थामा औषधि सेवन केही लामो समयका लागि हुन सक्ने भएकाले आफुखुसी औषधि घटाउने बढाउने नगर्ने । चिकित्सकले बोलाएको बेला नियमित रुपमा भेट्ने ।

  रोग उपचारको क्रममा मस्तिष्कलाई उत्तेजित पार्ने वस्तुहरु जस्तैं रक्सी, चुरोट आदि सेवन नगर्ने । धेरै मात्रामा चिया, कफी र कृत्रिम मसला राखेका फास्टफुड र जन्क फुड नखाने ।

   निन्द्रा नबिगार्ने र दैनिक ६ देखि ८ घन्टा सुत्ने । सुत्ने र उठ्ने समय तालिका बनाउने ।

   शारीरिक कसरत, व्यायाम, योगाहरू गर्ने ।

   सकेसम्म खाली समय नबस्ने र केही काममा आफूलाई व्यस्त राखिरहने ।

   पानी प्रशस्त पिउने, यथेष्ट मात्रामा हरियो सागपात र फलफुल खाने ।

Last modified on 2019-02-23 07:26:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts