स्वाइन फ्लुले मानिस मार्दैन



Download our app to get more features

पछिल्लो समय नेपालका केही शहरी क्षेत्रका बासिन्दा स्वाइन फ्लुको त्रासमा छन् । यसलाई स्वास्थ्य क्षेत्रमा एचवानएवान पानदेमिक २००९ इन्फ्लुएन्जा भनिन्छ । सर्बसाधारण भने यसलाई स्वाइन फ्लु भनेरै चिन्छन । यो हरेक मौसममा देखिने भएकाले मौसमी फ्लु पनि भनिन्छ । 

एचवानएवान पानदेमिक २००९ इन्फ्लुएन्जाका बिरामी दैनिकजसो उपचार वा परामर्शको लागि मसँग सम्पर्कमा आउँछन । सबैमा एउटै र उस्तै त्रास देखिन्छ । उनीहरूमा स्वाइन फ्लुको संक्रमण हुने बितिकै मानिस मर्छ भन्ने त्रास छ । यस्तै त्रास स्वास्थ्यकर्मीमा पनि रहेको बिरामीहरूको गुनासोबाट थाहा पाइन्छ । यस्तो हुनुमा स्वाइन फ्लुबारे यथेष्ट अनुसन्धान नहुनु नै हो । मेरो अनुभबले यो फ्लुले खासगरी साना बालबालिका, ६५ बर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगीहरू खासगरी दम, सीओपीडी, ब्रोनकाईटिस, चिनी रोग, उच्च रक्तचाप, अंग प्रत्यारोपण गरेका र रोगप्रतिरोधात्मक शक्ति कम्जोर भएकालाई चाडै र बढी जोखिम पारेको देखिन्छ । यस्ता व्यक्तिले पनि स्वाइन फ्लुलाई सामान्य मौसमी रुघाखोकीका रुपमा लिदा दुखत् घटना भएको देखिन्छ । यो बर्ष भएको यही हो । मैले स्वाइन फ्लुको संक्रमण देख्नासाथै एक महिना अगाडी नै सतर्क गराएको थिए । तर यो सामान्य रुघाखोकी मात्रै त हो भनेर बढी प्रचार गर्दा आधा दर्जन भन्दा बढीले यो भाइरसबाट सृजित असरका कारण ज्यान गुमाउनु परेको छ । यो भाइरस आफैले मानिस मार्ने नभई संक्रमितमा भएको दीर्घरोगलाई यसले अरु जटिल बनाइदिन्छ । यस्तै ज्यान गुमाउनेहरू पनि औसतमा ७–८ दिन घरैमा बस्ने गरेको वा आफै औषधि किनेर खाने र ढिलोगरी अस्पताल आइपुग्ने गरेको देखिन्छ । यद्यपि, स्वस्थ मानिसको मृत्यु हँुदै नहुने होइन तर अपबादको रुपमा मात्रै । 

दीर्घरोगीमा भने समस्या हुन्छ

एचवानएवान भाइरसको कारणले बिरामीको दीर्घरोगलाई अरु जटिल बनाइदिने र यस्ता समयमै चिकित्सकको सम्पर्कमा नपुगे मृत्यु हुने सम्भावना पनि हुन्छ । यी मानिसहरूले सिजन शुरु हुनु भन्दा अगाडी फ्लुविरुद्धको खोप लिए जटिलता धेरै कम हुन्छ । यसबारेमा नेपाल सरकारले बहस गर्ने बेला आइसकेको छ । किनभने अरु देशमा सरकारले नै खोप लगाउन प्रोत्साहन गर्छ । सम्बन्धित निकायले पनि मान्छे मर्न थालेपछि मात्र नभई फ्लुको भाइरस देखिने बितिकै यसविरुद्धको जनचेतना अभियान थाल्नु पर्छ । 

Last modified on 2017-08-10 09:29:09

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts