स्वास्थ्य मन्त्री पोखरेल र अमेरिकी कार्यावाहक राजदुतबीच भेटवार्ता
काठमाडौ, २३ साउन । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल र नेपालका लागी अमेरिकाका कार्यवाहक राजुदत मिचेल गोन्जालेसबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा मन्त्री पोखरेलले भुकम्पको बेला अमेरिकाले नेपाललाई गरेको सहयोगका लागी धन्यवाद व्यक्त गरे । त्यस्तैं दाङबाट शुरु भएको मलेरिया उन्मुलन कार्यक्रमको निम्ति अमेरिकी नियोगले गरेको सहयोगको पनि मन्त्री पोखरेलले प्रशंसा गरे । सो अवसरमा मन्त्री पोखरेलले स्वास्थ्यका धेरैं अधिकार स्थानीय तहमा गएकोले अमेरिकासँग थप सहयोगको अपेक्षा गरिएको भेटका क्रममा बताए ।
भेटका क्रममा ग्ब्क्क्ष्म् ले नेपालको स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका बारे पनि छलफल भएको थियो । मन्त्री पोखरेलका स्वकीय सचिव सुदर्शन पराजुलीका अनुसार मन्त्री पोखरेलसंगको भेटवार्तामा नेपालका लागि अमेरिकी कार्यवाहक राजदुत गोन्जालेसले अमेरिकाले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोग थप छलफल गरी बढाउन सकिने बताए । भेटमा कार्यावाहक राजुदत गोन्जालेसले स्वास्थ्य क्षेत्रको विकासको निम्ती अमेरिकाले थप सहयोग गर्ने प्रतिबद्वता समेत व्यक्त गरे । गोन्जालेसले अमेरिकी नियोगले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगको सही सदुपयोग गर्न पनि आग्रह गरे ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।