पानी जस्तो सिंगान बगिरहनु दीर्घरोगको लक्षण (भिडियो सहित)
अहिले गर्मी मौसम छ । यो मौसममा विभिन्न सरुवा रोगको प्रकोप धेरै हुन्छ । यसमध्ये रुघाखोकीले धेरैलाई सताउँछ । यो बेला कतिपयमा पानी जस्तो पातलो सिंगान बगिरहने समस्या हुन्छ । कसैकसैलाई यो समस्याले निकै गाह्रो परिरहेको हुन्छ । यस्तो अवस्थामा के गर्ने, कसरी सजक रहने नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर चन्दन बरन वालको सुझाब यस्तो छ
धुलो, धुँवा, दुर्गन्धित वातावरणमा बस्दा एलर्जी भएर नाकबाट पानी जस्तो पातालो सिंगान बग्छ । यस्तो समस्या धेरैमा हुन्छ । जोसँग रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ, उनीहरू छिटो र बढी संक्रमित हुन्छन् ।
सुरुमा देखिने लक्षणहरू
- लगातार हाच्छिऊ आउने ।
- नाक चिलाउने ।
- पानी जस्तो सिंगान बग्ने ।
- नाकको प्वाल टालिने ।
यसकारण बग्छ पानी जस्तो सिंगान
पानी जस्तो सिंगान बग्ने मुख्य कारण धुवा, धुँलोको एलर्जी नै हो । तुलनात्मक रुपमा बाहिरको धुँलो भन्दा घर भित्रबाट निस्कने धुँलो (कार्पेट, डस्ना, सिरक, अन्य कपडा, किताब कपीमा टासिने धुँलो) ले अत्यधिक एलर्जी गराउँछ ।
यस्तो समस्या सबै उमेर समूहका मानिसलाई हुन्छ । यद्यपि, घर सफा गर्दा धुँलोको सम्पर्कमा रहने व्यक्ति, उनीको कारखाना, मार्वल, इट्टालगायत धुँलो बढी उड्ने स्थानमा काम गर्ने व्यक्तिलाई बढी हुन्छ ।
समयमै उपचार नगरे श्वासप्रश्वासमा समस्या
पानी जस्तो सिंगान बग्नुलाई अधिकांशले सामान्य रुपमा लिदै उपचारमा हेलच्यक्राई गर्छन् । तर, उपचारमा ढिलाइ गरे नाकभित्र मासु पलाउने, दम हुने, श्वासप्रश्वासमा समेत समस्या हुन्छ । साथै, नाक थुनियो भनेर जोडसँग सि सि गर्दा कानको जाली फुट्ने पनि हुनसक्छ ।
बच्ने उपायहरू
- संभव भएसम्म धुँलो उड्ने स्थानमा काम नगर्ने, हिडडुल नगर्ने ।
- घरको सरसफाई गर्दा भ्याकुम प्रयोग गर्ने । भ्याकुम नभए माक्सको प्रयोग गर्ने ।
- ढुसी लागेको ठाउँमा नजाने ।
- रुघा लागेको व्यक्तिको नजिक नजाने । सबै भन्दा उत्तम उपाय भनेकै समस्या हुनै नदिनु हो ।
- स्वस्थ खानपानमा ध्यान दिने, सक्रिय जीवन शैली ज्यूने ।
भिडियो हेर्नुस् ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>