डा. केसी समर्थित जुलुसमा को को आए ? के के भने ?



Download our app to get more features

काठमाण्डौ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि भन्दै एघारौं पटक १३ दिनदेखि आमरण अनशनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा राजधानीमा दोश्रो प्रदर्शन गरिएको छ । 

मुख्यगरी चिकित्सा शिक्षा ऐन पारित हुनुपर्ने मुख्य माग राखि यो पटक अनशन बसेका केसीले उठाएका माग पूरा गराउन दवाव दिने उद्देश्यले पछिल्लो प्रदर्शनमा ‘६०१ लाई भत्ता, चिकित्सा ऐन बेपत्ता’ जस्ता नाराका साथ घण्टी बजाउँदै विद्यार्थी, चिकित्सक, विभिन्न पार्टीका नेता, मानवअधिकारकर्मी तथा सर्वसाधारण सहभागी भए ।

आजको प्रदशर्नीमा १० हजारको संख्यामा उपस्थित हुने भनिएतापनि उपस्थिती न्यून मात्र रहेको छ । नेपाली चलचित्रका नायक राजेश हमाललगायतका कलाकारको उपस्थिती रहने भनी प्रचार गरिए पनि प्रदर्शनमा कलाकारहरुको खासै उपस्थित भएनन् । 

को को आए प्रदर्शनमा ? 
डा. केसी अनशन र त्यसलाई समर्थन गर्दै हुने प्रदर्शनमा शुरुशुरुमा जस्तो सेतो कोट लगाएका चिकित्सा क्षेत्रमा अध्ययनरत विद्यार्थी एवं पेशाकर्मीमात्र सहभागी हुन्नन पछिल्ला अनशनमा । प्रदर्शनमा विभिन्न पेशाकर्मी मानवअधिकारकर्मी पछि जम्मा हुन्छन् । 

यसपाली डा. केसीको समर्थन गर्दै सडकमा ओर्लनेहरु नयाँ अनुहार पनि छन् । आजको प्रर्दशनीमा नयाँ अनुहारका रुपमा निवर्तनमान प्रधानन्याधिश सुशीला कार्की, मानव अधिकारकर्मी कृष्ण पहाडी लगायत थिए । त्यस्तै पत्रकारिता छाडेर राजनीतिमा लागेका रविन्द्र मिश्रदेखि उपभोक्ताकर्मी ज्योति बानियाँ पनि थिए । 

क्रमसः सुशीला कार्की, कृष्ण पहाडी र रविन्द्र मिश्र

रविन्द्र मिश्र, ज्योति बानियाँ, उज्जवल थापादेखि साझा बिबेकशीलकै रञ्जु दर्शनापनि केसीको समर्थनमा उत्रिएका थिए । 

के भनिन् सुशीला कार्कीले ? 
प्रर्दशनी पछि संक्षिप्त प्रतिकृया दिदै कार्कीले भनिन्, ‘आफ्नो स्वार्थ भन्दा माथि उठेर डा. केसीले चिकित्सा क्षेत्रमा भएको व्यापक विकृती, विसंगति, अनियमितताको विरुद्धमा संर्घष गर्नुभएको छ, त्यसैले पूर्व प्रधानन्याधिसको हैसियतले ऐक्यवद्धता जनाउन आएको छु ।’ उनले थपिन्, ‘डा. केसीले उठाएका माग न्यायसम्मत् र कानूनसम्मत् छ, त्यसैले हामी सबैले उनको यो अभियानमा साथ दिनु पर्छ,’ उनले भनिन् । त्यसैगरी मानवअधिकारकर्मी पहाडीले टाउको दुख्यो भन्दै विदेश जानेहरुका लागि नभै सिटामोल समेत खान नपाएर छटपटिएका करोडौं नेपाली जनता डा. केसीको पक्षमा रहेको बताए । उनले भने ‘प्रमुख दलको नेताले समयमै डा. केसीको मागमा नसोच्ने हो भने देशमा सामुहिक सत्याग्रह हुन्छ ।’

सुशीला कार्की

साझा बिबेकशीललाई राजनीतिक एजेण्डा 
लामो समय पत्रकारीता हुँदै साझा पार्टीमार्फत राजनीति थालेका रविन्द्र मिश्रले पनि केसीको ११औं अनशनसम्म आइपुग्दा यसलाई आफ्नो राजनीतिक एजेण्डा बनाएका छन् । यससँगै उनीपनि प्रर्दशनीमा देखिन थालेका छन् । विगतका अनशनमा बिरामीको उपचार बन्द गरेर अनशन गर्ने ? भन्दै केसीलाई कटाक्ष प्रश्न गर्ने मिश्र अहिले आफै केसीको पक्षपाती भएका छन् । 

रविन्द्र मिश्र

यता बिबेकशील दलको त केसी अनशन मुख्य राजनीतिक एजेण्डा नै जस्तो छ । शुरुदेखिनै डा. केसीको अनशनमा बिबेकशिल दल र त्यसका संस्थापक उज्जवल थापा लाग्दै आएका छन् । 

डा. केसीको समर्थनमा हुने प्रर्दशनीमा सधै अग्रपंक्तिमा रहँदै आएकी काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार रञ्जु दर्शनाको उपस्थिती भने प्रदर्शनमा कम हुन थालेको छ । अघिल्लो शनिवार भएको प्रर्दशनीमा नदेखिएकी उनी आज अन्तिम समयमा बानेश्वरमा देखिएकी थिइन् । 

Last modified on 2017-08-15 13:55:49

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts