काउन्सिलमा लाग्यो डाक्टरहरुलाई चुनाव, यस्ताे छ निर्वाचन तालिका



Download our app to get more features

काठमाडौँ, २१ साउन । नेपाल मेडिकल काउन्सिले आफ्नो नयाँ कार्यकालका लागि हुने निर्वाचनकाे तालिका सार्वजनिक गरेको छ ।

४ वर्षे नयाँ कार्यकालका लागि १ जना उपाध्यक्ष सहित ८ जना सदस्यहरु चयन गर्न काउन्सिलको निर्वाचन भदौ २३ गते देखि ३१ गते सम्म हुने भएको छ । काउन्सिलको निर्वाचन कार्यतालिका अनुसार यहि साउन २४ गते मतदाता नामावली प्रकाशन, २५ गते नामावलीमा दावी विरोध, २७ गते अन्तिम नामावली प्रकाशन, साउन ३२ गते देखि भदौ २ गतेसम्म उम्मेदवारीका लागि मनोनयन पत्र दाखिला, भदौ ४ गते उम्मेदवारीमा दावी विरोध, भदौ ५ गते उम्मेदवारी फिर्ता, ६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, भदौ २३ गते उपत्यका बाहिर निर्वाचन र भदौ २९ देखि ३१ सम्म उपत्यका भित्र निर्वाचन हुने छ ।

यस्तै असाेज १ गतेबाट मतगणना सुरु गरिने काउन्सिलले जनाएको छ ।

Last modified on 2017-08-15 17:06:18

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts