कम्मरको दुखाईबाट राहत दिलाउन बन्यो भित्रीबस्त्र



Download our app to get more features

व्यस्त दैनिकीको प्रत्यक्ष प्रभाव हाम्रो स्वास्थ्यमा पर्ने गर्छ । तनाव, पेट दुख्ने, मधुमेह, मुटु सम्बन्धी रोग, कम्मर दुख्नेलगायत समस्या व्यस्त र अव्यवस्थित जीवनशैलीकै कारण उत्पन्न हुने गर्छन् । तर, यस्ता समस्या समाधानका उपाय नै नभएका भने होइनन् । यस्तंै उपाय मध्ये एक हो कम्मरको दुखाईलाई राहत दिने भित्रीबस्त्र । 

कमर दुख्ने समस्याबाट पीडित जो सुकैका लागि खुशीको खबर छ । कमर दुख्ने समस्याबाट राहत पाउन वैज्ञानिकहरूले यस्तो अन्डरवयर (भित्रीबस्त्र) निर्माण गरेका छन् जसको प्रयोगले कम्मर दुखाई गायब हुन्छ । वैज्ञानिकहरूले विकास गरेको उक्त स्मार्ट मेकानिकल अन्डरवयरको प्रयोगले कमरको तल्लो भागको मांसपेशीमा खिचावट र पीडा कम गर्न मद्दत गर्छ ।

अमेरिकाको वैन्डरबिल्ट यूनिभर्सिटीका इन्जिनियरले बायो मेकानिक्स र वयरएबल तरिकाले उक्त अन्डरवियर तयार पारेका छन् । वयरएबल यन्त्र कपडाको दुई भागमा हुन्छ । जसको प्रयोग छाती र खुट्टाका लागि गर्न सकिन्छ । यो कपडा नाइलन क्यानवास, लाइक्रा, पोलिस्टर र अन्य प्रकारका कपडाबाट बन्छ । दुवै भाग कमरको बीचसँग जोडिएको हुन्छ र कम्मरको तल्लो भागमा प्राकृतिक रबडको टुक्रा जस्तो हुन्छ ।

उक्त यन्त्रको निर्माण व्यक्तिको आवश्यकलाई मध्यनजर गरी बनाइएको छ । जतिबेला कम्मर दुख्छ त्यति बेला नै यसको प्रयोग गर्न सकिने वैज्ञानिकहरूले बताएका छन । यो यन्त्रलाई कम्प्युटर एप्लिकेसनमार्फत नियन्त्रन गर्न सकिने अध्ययनकर्ताहरुले बताएका छन् । साथै यसलाई ब्लू टूथको माध्यमबाट पनि नियन्त्रण गर्न सकिन्छ । यो यान्त्रिक अन्डरवयर बनाउनुको प्रमुख कारण भनेको कम्मर दुखाईबाट छुट्कारा दिलाउनु मात्रै नभई कम्मरको तल्लो भागको मांसपेशीमा हुने खिचावट र मोटोपन कम गर्नु पनि हो ।

 

(एजेन्सीको सहयोगमा)
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts