स्वास्थ्य सेवा निर्वाधरूपमा सञ्चालन गर्न शिक्षा मन्त्रालयकाे आग्रह
            काठमाडौँ, २० साउन । प्राध्यापक डाक्टर गोविन्द केसीको मागबारे छलफल भइरहेको हुँदा स्वास्थ्य सेवा निर्वाधरूपमा सञ्चालन गराउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले विहिबार विज्ञप्ति जारी गरी अनशनरत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. केसीले राखेका विभिन्न मागबारे सम्बन्धित निकायसँग छलफल भइरहेको सन्दर्भमा मानव स्वास्थ्य जस्तो संवेदनशील विषयलाई ध्यानमा राखी अस्पतालबाट प्रवाह गरिएका सेवा निर्वाधरूपमा सञ्चालन गर्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीमा अपिल गरेको छ ।
प्रा.डा. केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डीन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै साउन ९ गतेदेखि ११ औँ पटक आमरण अनशन सुरु गरेका छन् ।
मन्त्रालयले डा केसीलाई अनशन तोडी वार्तामा आउन पनि आग्रह गरेको छ । 
 
रासस
                                    
                        
                        
                        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                
                
                
                
                
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>