कुन निष्ठा र समर्पणले उक्साउछ डाक्टर केसीलाई ?
जव दानवहरुको राज र विगविगी हुन्छ त्यति बेला असल मन र पवित्र कर्म गर्ने हातहरुमा सकस छट्पटि र औडाँहा हुन्छ । समाजमा वेथिती, अन्याय, अत्याचार र माफियातन्त्र हावि हुन्छ त्यतिवेला समाजको असल मनहरुलाई केही गरौं भन्ने हुटहुटी र तिब्र आक्रोस पैदा हुन्छ । हाम्रो देश समाजमा वषौं देखि रहेको विकृति विसंगति र वेइमानीले जव उग्ररुप धारण ग¥यो तव सामाजिक सेवा भावमा वषौं देखि लागिपरेका डाक्टर गोविन्द के.सीको मनले सहन सकेन तव पहिलो पटक असल मान्यता, असल आचरण र असल परिपाटिको लागि भनेर सत्याग्रहको माध्यमबाट देश र दुनियाँमा तरङ ल्याउने नविन चेतनाको जागृत गराउने पहिलो पटक सत्याग्रहको हतियार प्रयोग गरे । आज एघारौं पटक सत्याग्रहको माध्यमबाट स्वाथ्य सेवा र स्वाथ्य शिक्षाको विषयमा मृत्यु पत्रमा हस्ताक्षर गरेर डाक्टर के.सी. मर्न तयार भएका छन् । डाक्टर के.सी. सँग नेपाल सरकारले आठ पटक सम्म सम्झौता गरेको छ तर सम्झौताको मसी सुक्न नपाउँदै सरकार सम्झौताको कागजलाई खोस्टो सावित गर्न उद्धत छ । सरकार जन दवाब र के.सी. को जायज माग प्रति झुक्छ, सम्झौता गर्छ तर कार्यन्वयनमा सधै उदासिन र वेइमान बन्छ । के सामान्य नेपालीको पहुँचमा स्वाथ्य सेवा र शिक्षा हुनुपर्छ भन्नु अपराध हो ? सहर केन्द्रीत अस्पताल र मेडिकल कलेजलाई ग्रामिण भेग र दुर दराजमा लैजानुपर्छ भन्नु गलत हो ? गरिब जनताका छोराछोरीले पनि स्वाथ्य शिक्षामा अव्वलताको आधारमा सहज र सरल पहुँच पाउँनुपर्छ भन्नु अपराध वा अधर्म के हो ? के मेडिकल शिक्षा पैसा र पहुँचको आधारमा बिक्रि वितरण गर्ने व्यापारीको आय आर्जन गर्ने व्यवशायको माध्यम बन्ने विषय हो ? स्वाथ्य शिक्षा राज्यको दायित्व भित्र पर्छ कि पर्दैन ? के गरिब दुखि जनताले रगत, दिशापिसाब र समान्य रोगको चेक जाँच गर्दा घर खेत नै बेच्नु पर्ने अवस्था ठिक हो ? चर्पि बनाउँदा मापदण्ड चाहिने, अस्पताल बनाउँदा मापदण्ड चाँहिदैन ? यि र यिनै विषयलाई लिएर जनमुखि स्वाथ्य र शिक्षा निति बनाउनु प¥यो भनी अनसन बस्नु डाक्टर के.सी.को आफ्नो स्वार्थ र पारिवारिक हितको विषय हो ? यसरी सधै देश र जनताको सम्बेदनशिल स्वाथ्यको विषयमा सबैको ध्यान केन्द्रीत गर्ने डाक्टर के.सी. कुन अभिप्रेरणा र सर्मपण भावले आफ्नो अडान र मागमा टसकोमस हुदैंन्न त ?
प्राय भेटमा डाक्टर के.सी.का बुवा स्व. उदय बहादुर के.सी. भन्ने गर्थे :– “सुख सान र सौकतमा बसेको व्यक्तिलाई तिमी एक जनाले नभेटेमा, नहेरेमा केही फरक पर्दैन तर दुख पाएको मान्छे, आपतविपतमा परेको मान्छेलाई तिम्रो साहनुभुति पूर्ण एक भेटले, एक आस्वासनले, एक वचनले ठूलो आत्मा विश्वास र आत्मा सम्मान जगाँउछ, बाच्ने अभिप्रेरणा पैदा गर्छ, गतिलो आड भरोषा प्राप्त हुनेछ । तसर्थ गरिब, दिनहिन र आपत विपतमा परेकाको लागि तिम्रो नजर पहिलो प्राथमिकता हुनु पर्छ ।” आफ्ना वुबाको यो मर्म र भावलाई हु–बहु उर्तान र आत्मसाथ गर्न लागि परेका छन् डाक्टर गोविन्द के.सी. ।
२०४५ सालको भुकम्पको बेला देखि आपत विपतमा परेकाहरुको सहयोगका लागि गोविन्द के.सी.का पाइला आज पर्यन्त उस्तै र दुरुस्तै छन् । अझ बढि दायित्व बोध गरेर हिडेंका छन् । विश्वमानवतावादका असल अनुयाई डाक्टर के.सी. देशका ७५ वटै जिल्ला मात्र होइन विदेशमा पनि दर्जनौं पटक आफ्नो मानवीय सेवा लिएर पुगेका छन्, खटेका छन् । मानवीयताको कुनै सिमा भुगोल र घेरा हुदैंन र कुनै सिमा भित्र खुम्चीएर सिमित पनि हुनुहुन्न । जहाँ विपत, जहाँ दुख त्यहाँ मानवियता सधै र सबैलाई आवश्यक हुन्छ भन्ने मान्यता राख्छन् डाक्टर के.सी. । २०६६ सालमा जाजरकोटमा फैलिएको हैजा होस् या दार्चुलाको वाढि पहिरो, २०६४ को कोशि वाध फुट्दा होस् या तिलाठिको वाढि, २०७२ को भुकम्पले थिलथिलो पारेको गोर्खाको बारपार्क होस् या सिन्धुपाल्चोकको मेलम्ची या होस् दोलखाको सुनखानी डाक्टर के.सी.को पाइला र सेवा नपुगेको ठाँउ छैन । हिमाल, पहाड, तराई, मधेश जाहाँ र जहिले पनि आपत विपतमा डाक्टर के.सी. आफ्नो डाक्टरी धर्म निर्वाह गर्न पुगेकै छन् । विना तडकभडक सामान्य मान्छेको भेषमा सेवा भावको गरुङ्गो भारी बोकेर यि डाक्टर पुगिहाल्छन् । २००१ मा भारतको गुजरातमा भुकम्प आँउदा भुजक्षेत्रमा तिन हप्ता सेवा गरे । २००५ मा पाकिस्तानमा गएको भुकम्पको बेला साढेँ दुई हप्ता आफ्नो सक्रियता र धर्म निवार्ह गरे । २००८ मा वर्मामा आँधि आँउदा १२ दिन लुकिछिपी खटिएर विरामी र अङ्गभङ्ग भएकाहरुको शरिर सुम्सुमाय । २०१० मा हैटीमा १६ दिन काम गरे । फिलिपिन्समा आएको आँधि बेरी सँगै यिनको मनमा पनि आँधि मच्चियो र फिलिपिन्सको ताक्लोवान सहरमा पुगेर पिडितको घाउमा मलमपट्टी लगाए । भारतको उत्तराखण्डमा आएको बाढिपहिरोले पनि यिनको मन असान्त र विचल्लीत बनायो त्यहाँ पनि ज्यानको जोखिम मोलेर पुगी उपचार गरी फर्किय तर फर्कने क्रममा बाटोमा भिरबाट लडेर घाइते भई सम्योगले बाच्न सफल भए । यसरी देश देशावरमा यिनले पु¥याएको मानवीय सेवाको फेहरिस्त लामो र प्रसम्सनिय छ ।
गोविन्द के.सीको बाल्यकाल
रामेछाप जिल्लाको साविक माकादुम सिम्ले र हालको खाँडादेवी गाँउपालिका वडा नं. ६ मा २०१४ सालमा आमा मित्र कुमारी र बावु उदय बहादुरको जेष्ठ सुपुत्रको रुपमा पहिलो पटक आँखा खोलेका हुन् । दुई भाई र दुई बहिनीका जेठा दाजु गोविन्द के.सी. अविवाहित एकल पुरुष हुन् । दोलखाको झुले (जफे) हालको तामाकोशी गाँउपालीका वडा नं. २ को तत्कालिन अमर प्रावि र हालको अमर मा.वि बाट कालोपाटी र बाँसको पट्याङमा क, ख शुरु गरे । आफ्ना मावली हजुरबुवा स्व. अमर बहादुर कार्कीले खोलेको स्कूलबाट प्राथमिक तहको शिक्षा प्राप्त गरी केही समय काठमाण्डौको पद्मोदय माविमा अध्ययन गरे । त्यसपछि पुन दोलखा फर्केर जीरी माध्यमिक विद्यालयमा केही समय अध्ययन गरे र दोलखाको भीम माध्यमिक विद्यालयबाट एस एल सी उत्तिर्ण गरे । एस एल सी पछि माहाराजगन्ज शिक्षण अस्पतालबाट हेल्थ एसिस्टेन्ट पास गरे । हेल्थ एसिस्टेन्ट पछि पाकिस्तानमा एम वि वि एस अध्ययन गरे त्यस पछि एम डि पनि पाकिस्तानमै पुरा गरे । त्यसपछि बेलायत, अमेरीका र विश्वका प्रसिद्ध विश्व विद्यालयहरुबाट विषय विशेग्यता हासिल गरे । डाक्टर के.सीमा आफ्नो बाल्यकालको मावली बसाई र स्कुल शिक्षाबाट सामाजिक सेवा, परोपकारी भावना, दान धर्म आदीमा प्रभाव परेको कुरा के.सी बारम्बार बताउँछन् । सानै देखि इमान्दार, अब्बल, शुसंगत, सास्कृतिक वातावरणमा हुर्किएका बैभवशालि संस्कृतीको धरोहर दोलखा जिल्लाको झुले जफेमा गाँउबेशी उकालि ओराली गरी बाल्यकाल विताएका के.सी. मावली गाँउका प्रिय भान्जा र आँखाका नानी थिए । आज पनि झुले जफे र दोलखाका मान्छेहरु डाक्टर केसीलाई भान्जा बावुको प्रिय संम्बोधनले बोलाउँछन् । परोपकारमा आफ्नो खुसी देख्ने डाक्टर केसी सामान्य चरित्रका असामान्य मान्छे हुन् । गाँउ घरको दुख सुख, पिडा, आपत विपत देखेका केसी अरुको पिडा प्रति सानै देखि द्रवित हुन्थे भनेर उनका मावलीहरु बताँउछन् ।
के.सीका खास स्वभाव र विशेषताहरु
आजको दुनियामा मान्छे आफ्नो प्रचारको ठूलो भोको हुन्छ र बनिबनाउ प्रचारमा मान्छेहरु निमग्न हुन्छन् तर के.सी. आफ्नो परोपकारी कर्मको समेत प्रचार खोजी र वास्ता गर्दैनथे । चुपचाप डाक्टरी कर्म र मानवीय धर्ममा आफुलाई अहोरात्र खटाउथे, खटाउँछन् । जब पहिलो पटक सत्याग्रह आरम्भ गरे त्यस बेला देखि मात्रै मान्छेहरु र मिडियाले उनको विगत र सुकर्मको बारेमा सोधि खोजी गरे, चासो राखे र यीनी सार्वजनिक बने । बर्षै सम्म एउटै कपडा र उही भेषमा भेटिने यिनी कपडा नफाटेसम्म अर्काे कपडा किन्ने र झन्झट गर्दैन्न । काम चले सम्म पुरानै कपडामा चिटिक्क हुन र सफा देखिन मन पराँउछन् । सामान्य जिवनयापनमा विश्वास गर्ने के.सी. तड्कभड्क र झकिझकाउमा विश्वास राख्दैन्न । पहिले पहिले त मोवाइल समेत नबोक्ने केसी अहिले सार्वजनिक व्यक्ति बने पछि मोवाइलको आवश्यकता स्विर्कार गर्न पुगे । सादगी, सरल र शालिन व्यक्तित्व यिनको चिनारी होृ । सामान्य खानपान र सात्वीक परिकार नै यिनको रोजाई हो । प्राय बाहिर मफिन केक र कोक यिनी प्रिय ठान्छन् । एक्ले बस्ने आफ्नो काम सबै आफै गर्ने नियमित रुटिनमा चल्ने एकलकाटे जिन्दगीमा यिनी रमेका छन् । अल्पहारी मृदुमुस्कानका धनी बोलीमा भने कडा र दरिलो आत्माविश्वासका साथ प्रस्तुत हुन्छन् । कला पूर्ण बोली बोल्न जान्दैन्न । यिनको रुखो बोलीमा पनि नजानिदो आकर्षण छ । व्यक्तिगत र पारीवारीक सुखसयल भन्दा पृथक र भिन्न रहेर आफ्नो कर्म थलो शिक्षण अस्पतालमा सम्पूर्ण समय व्यतित गर्छन् । आफ्ना परीवार नातागोता इष्ट मित्र साथीभाई र आम नेपालीको अपेक्षा भन्दा फरक छन् यिनी । आफ्नाहरु आफुहरुलाई विशेष र छुट्टै व्यवहार र अरु भन्दा फरक कुराको आशा गर्छन् तर यिनी सबैलाई उस्तै र बिरामीलाई जे गर्नु पर्ने हो सो भन्दा फरक गर्देन्न । अस्पतालमा छुट्टै भनसुन सोर्स फोर्स लगाउने, झ्यालबाट तानेर चेक जाँच गर्दैनन् । अस्पतालको नियम भन्दा बढि र उल्लेख्य सुविधा आफ्नाको लागि भनेर छुट्याउँदैन्न । आफ्ना र पराया भनेर विरामीको विभाजन गर्देन्न । हाम्रो जस्तो समाजमा यि र यस्ता प्रात्रहरु प्रति साथीभाई इष्ट मित्र र आफन्तको गुनासो सधै रहिरहन्छ । ऊ हुदाँहुदै हामीले टिकट काट्नु प¥यो, लाइन बस्नुप¥यो, पालो कुर्नुप¥यो इत्यादी । आफन्तको निम्ता, बिहे ब्रतबन्ध, भोज भतेर भन्दा बढि विरामीलाई आफ्नो समय खर्चछन् । बरु मरौपरौमा भने जसरी हुन्छ पुग्नुपर्छ भनेर पुग्न हतारिन्छन् । आफुसँगका र आफुपछि र अघिका डाक्टरहरुको आर्थिक र भौतिक उन्नति सिखर उक्लेको बेला यिनलाई भने आफ्नो कमाईले खर्च धान्न समेत धौ–धौ परेको हुन्छ । डाक्टरहरुले फेरी फेरी नयाँ नयाँ र लक्जरीयस् ब्रान्डेड गाडि चड्दा यिनलाई भने यसपटक पनि साइकल किन्न सकिएन भन्ने गुनासो गर्छन् । देश विदेश जाहाँ जाँदा पनि अरुको आर्थिक सहयोग लिदैन्न । आफ्नै कमाई बाट बचेको पैसाले सेवा गर्नमा प्राप्त आनन्द अरु भन्दा भिन्न र मजा हुन्छ भन्ने उनको सोख छ । आर्थिक पारदर्शिताको कारण पनि अरुको सहयोग स्विर्कान अप्ठ्यारो मान्छन् र भन्छन् अरुले दिने सहयोगमा कहि कतै स्वार्थ जोडिएको हुन्छ कि भन्ने लाग्छ । फेरी सहयोग लिएपछि त्यसको उचित हिसाब किताब र निगरानी गर्नु प¥यो जसको लागि मसँग क्याल्कुलेटर थिचेर बस्ने समय हुन्न । आफ्नै तवरले खर्च व्यवस्थापन र सहयोग गर्छन् । कहिले काँही आफ्ना भाइहरुबाट सापटी लिएर पनि काम चलाउँछन् । यिनी प्रति घर परिवारको सँधै गुनासो र चिन्ता हुन्छ, काँहा कतिबेल यिनी जानेहुन् कति बस्ने हुन, काँहा पुग्ने हुन हत्तपत्त कुनै जानकारी दिंदैन्न । कहिले काहि त हप्ता १५ दिन होइन महिनौ हराएको उदाहरण पनि छन् घरपरिवारसँग । फोटोग्राफि र प्राकृति सौन्दर्यताका सौखिन केसी प्राकृतिक बर्णनमा र पदयात्रामा रुचि राख्छन् । देश विदेशका उनले घुमेका ठाँउहरुको नालिबेली सबै उर्ताछन् । फोटोग्राफिमा रुचि राख्ने केसीले काठमाण्डौ र पोखरामा दुई पटक फोटो प्रर्दशनी गरिसकेका छन् । आफुले प्राप्त गरेको पुरस्कारको राशि कुनै कल्याणकारी काम गर्नु भनी स्वयम् दातालाई नै फर्काछन् केसी । पुरस्कार मान सम्मानको लोभ गर्दैन्न, आशा र अपेक्षा गर्दैन्न ।
चोर फटाहा लुटेरा डाका र ज्यानमाराहरुले कहिले कुनै परिक्षा दिनु पर्दैन बदनामी गरे पुग्छ तर सज्जन असल भलादमी परोपकारी सत्य निष्ठाको अडान रहनेहरुले बारम्बार परिक्षा दिइरहनुपर्छ, लान्छीत भइरहनुपर्छ, आफुलाई जचाँरहनुपर्छ त्यसैले जिवन मरणको परिक्षामा पटक पटक सामेल भएर पुन जिवन मरणको ११ रौं परिक्षामा डाक्टर केसी होमिएका छन् । समयले उनको परिक्षा लिइरहेको छ । यिनी आफ्नो निष्ठा, सर्मपन, त्याग र इमानको लागि हठ गर्छन् । जुन हठ ३ करोड नेपालीको स्वाथ्य सेवासँग जोडिएको छ । यिनको हठमा पागलपन र जिद्धि छ जसले यिनलाई बेलाबेलामा पागलको उपमा पनि भिडाइदिन्छ । बुद्ध धर्ममा एउटा भनाई छः–“जबसम्म हामी सहि र सत्य कुराको लागि पागल हुदैनौ बन्दैनौ त्यहाँ प्राप्ती हुदैन ।” यिनको पागलपन एउटा साधना हो । यिनले बोकेको पागलपन अहिले समाजमा एउटा मानक बनेर रहेको छ । पागलपन अब सत्य निष्ठा न्याय र अहिंसाको लडाँई हो । यिनको पागलपनसँग अहिले नयाँ पुस्ताले आफुलाई पनि गौरान्वीत गराएको छ । हजारौं हजार नरनारीहरु आफुलाई पागल भनाँउदै सडकमा निस्कन्छन् । हामी पनि पागल हौं भन्नमा गर्व गर्छन् । डाक्टर गोविन्द के.सी. अब एक सामान्य डाक्टर मात्र रहेन्न, अब यि त एक अटल निष्ठा, आस्था, विश्वास, न्याय, अद्म्य शाहस र अहिंसाका प्रतिविम्ब बने । डाक्टर गोविन्द के.सी. एक सफल चिकित्सक हुन् आफ्नो चिसित्सा विधामा औंलामा गन्न सकिने हाड जोर्नी विशेषज्ञ हुन् । प्राध्यापक डाक्टर गोविन्द के.सी. नेपालमा पहिलो पल्ट छिनिएको हात सफलतापूर्वक जोड्ने डाक्टरहरुको टिम लिडर पनि हुन् । डाक्टरी धर्मले आफ्नो शत्रुको पनि उपचार गर्नुपर्छ भन्ने मान्यता राख्छ सोही मान्यतालाई हु बहु उर्तान यिनी खप्पीस छन् ।
डाक्टर केसी जब अनसन बस्छु भन्छन् तब ठूला ठूला पावर सेन्टरहरुको निद गाएव हुन्छ । देशमा ठूलै उत्ताल तरंग उत्पन्न हुन्छ । अनि यिनलाई सन्की पागल, बौलाहको विशेषताले बिभुषित गरिन्छ । मानशिक रोगी बौलठ्ठी भनेर तेजोबोद गरिन्छ । माफियाहरुले न्वारण देखिको बल र पैसा निकालेर गुण्डा परिचालन गरेर सत्याग्रहलाई तुहाउँन हर सम्भव प्रयास गर्छन् । पटक पटक कयौं शक्तिशालि सम्बौधानिक निकाय र त्यसका प्रमुख शक्तिहरु यिनका विरुद्ध खनिन्छन् । यिनलाई तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीले मानसिक रोगी, प्रायजित अभियनता, खोक्रो आर्दश र अभिमानी भनेर नेपाल सरकारसँग यिनको मानसिक स्वाथ्य उपचार गर्नुपर्ने आधिकारीक संस्थागत बक्तव्य पनि जारी गरे तर डाक्टर केसीको बलियो आत्मा विश्वास अग्लो नौतिक हतियार र व्यापक जनसर्मथनले कसैको दाल गलेन कालान्तरमा अख्तियार प्रमुख कार्की स्वयम् अपिमानित भएर अदालतबाट गलहत्याइए । सत्यको बाटो कठिन छ, सत्य एक्लै हुन्छ, जो कोही सत्यको पथमा हिड्न सक्दैन्न, हिडेपनि अड्न सक्दैन्न, केही समय अडिए पनि गन्तव्यमा पुग्न सक्दैन्न तर केसी सत्यको लडाँईमा आफु मर्न राजी छन् तर सत्यलाई हार्न कहिल्यै दिन्न भन्छन् । सकस पूर्ण सत्यको यात्रामा सधैं विजय उन्मुख बनुन् यि पागल मनुवा ।
3 Comments
-
Nice & inspiring article.
-
Very inspiring article. The author deserves much appreciation for writing this article which can inspire many people to put service above self as Dr. Govinda K.C. has been doing.
-
Nice article Sanjib Karki daju
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>