नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकमाथि हातपात गर्ने दुई युवक पक्राउ



Download our app to get more features

पर्सा, १६ साउन । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा आज प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । 

उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डमा प्रवेशगरी चिकित्सक तथा नर्समाथि हातपात गरेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१७ नगवाका अखतर हवारी र निरञ्जन पटेललाई पक्राउ गरेको हो । 

नगवा निवासी गर्भवती महिला सायरा खातुनको उपचारमा चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै पटेल र हवारीले अस्पतालको प्रसुती वार्डमा प्रवेश गरी स्त्री रोग विशेषज्ञ डा चन्दनी पाण्डे र स्टार्फ नर्स ज्योति चौधरीलाई हातपात गरेको उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साहले जानकारी दिए । अस्पतालको प्रसुती वार्डमा रहेको ढोका तोडी पटेल र हवारी प्रवेश गरी चिकित्सक तथा नर्समाथि हातपात गरेपछि आवश्यक कारबाहीका लागि प्रहरी बोलाई युवकलाई पक्राउ गर्न लागाएको डा साहले बताए । 

प्रशव वेदनाबाट पीडित रहेकी खातुन गए राति उपचार गराउन अस्पतालमा आउँदा उनको युट्रेसको मुख खुल्ला नभएको कारण घर फिर्ता पठाएको थियो । घर गएकी खातुनले बिहान घरमै मृत बच्चा जन्माएपछि चिकित्सको लापरबाहीको कारण नवजात शिशुको मृत्यु भएको पक्राउ परेका युवकको आरोप रहेको मेसु साहले बताए । 

अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात तथा दुव्र्यवहार गर्ने युवकलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन गरिएको मेसु साहले जानकारी दिए । 

पक्राउ परेका दुवै युवकलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा राखिको प्रहरी निरीक्षक अनिश कर्णले बताए । उनीहरुमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ । 

रासस 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts