डा. केसीको समर्थनमा भएको प्रदर्शन यस्तो देखियो, हेरौं फोटोफिचर
काठमाडौं, १४ साउन । चिकित्सा शिक्षा क्षेत्र सुधारको विभिन्न माग राख्दै ६ दिनदेखि आमरण अनशनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन गरिएको छ ।
पटक पटक अनशन बस्दै आएका डा. केसीले ११औं पटकको अनशनमा चिकित्सा शिक्षा ऐन पारित हुनुपर्ने मुख्य माग राखेका छन् ।
डा. केसीले उठाएका माग पूरा गराउन दवाव दिने उद्देश्यले प्रदर्शनमा ‘डा. केसी एक्लो छैनौ’ भन्दै सयौंको संख्यामा विद्यार्थी, चिकित्सक, राजनीतिक दलका नेता, कलाकार तथा सर्वसाधारण सहभागी भएका थिए ।
आजको प्रदर्शनलाई मेडिकल माफियाको मलामीका रुपमा लिइएको प्रदर्शनकारीले बताएका छन् । उनीहरुले पुत्लालाई बाँसमा बाँधेर शंख र घन्ट बजाउँदै माइतिघरबाट बानेश्वरसम्म पुर्याएका थिए । प्रदर्शनमा सहभागी भएकाहरुले केसीको मागको समर्थनमा नाराबाजी गर्नुका साथै सांसद, सरकार लगायतका विरुद्धमा नाराबाजी गरे ।
हेरौं डा. केसीको समर्थनमा भएको प्रदशैन स्थलमा पुगेर हाम्रो डक्टरकर्मी बासुदेव न्यौपानेले कैद गरेका केही तस्विर ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>