क्यान्सर रोगबाट कारागारमै कैदीको मृत्यु



Download our app to get more features

रत्ननगर (चितवन), १३ साउन । चितवनको भरतपुरस्थित जिल्ला कारागारमा क्यान्सर रोगका कारण एक कैदीको मृत्यु भएको छ । 

मकवानपुर हाँडीखोला घर भएका ४७ वर्षीय कैदी सीताराम विकको आज बिहान करिब ५ बजेतिर मृत्यु भएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दि । कलेजोको क्यान्सरका कारण गम्भीर बिरामी भएका उनको उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा बिहान मृत्यु भएको काफ्लेले जानकारी दिए । 

क्यान्सर रोगबाट पीडित हुँदै गएपछि केन्द्रीय कारागार काठमाडौँबाट गएको असार १३ गते उनलाई चितवन ल्याइएको थियो । उनको क्यान्सर अस्पतालमा उपचार जारी थियो । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई १० वर्ष कैद तोकिएका उनले २ वर्ष मात्रै कैद भुक्तान गरेको जेलर काफ्लेको भनाइ छ । 

यसअघि गत चैत दोस्रो साता सिन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेलको क्यान्सर रोगका कारण मृत्यु भएको जिल्ला कारागार चितवनले जनाएको छ । 

भरतपुर कारागारमा अझै चारजना क्यान्सर रोग लागेका कैदी छन् । कारागारमा क्षमताभन्दा तेब्बर बढी ५६३ कैदी र थुनुवा रहेको कारागारले जानकारी दिएको छ । 
 

रासस 
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts