क्यान्सर रोगीको उपचारमा वीर अस्पतालमा ३५ लाखको कोष

What's This?


Download our app to get more features

काठमाडौं, ९ साउन । शाइलकुमार उपाध्याय र करेन बास ट्रष्टले वीर अस्पतालमा उपचाररत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उदेश्यले ३५ लाख रुपैयाँको कोष स्थापना गरेको छ । ट्रष्टद्वारा स्थापित कोषबाट वीर अस्पताल र ट्रमा सेन्टरमा उपचाररत क्यान्सरका बिरामीलाई केमोथेरापी र औषधि बितरण गरिनेछ । शाइलकुमार उपाध्याय र केरन बास ट्रष्टले कोषबापतको रकम आज वीर अस्पताल र नेशनल ट्रमा सेन्टरलाई हस्तान्तरण गरेको छ ।  पूर्व स्वास्थ्यमन्त्री गगन थापाको आतिथ्यमा रकम हस्तान्तरण गरिएको थियो । सो अवसरका पूर्वस्वास्थ्य मन्त्री थापाले नेपालका सरकारी अस्पतालले उत्कृष्ठ सेवा दिनुपर्ने जोड दिए । सरकारी अस्पतालले उपचारका लागि विदेश जाने प्रवृति अन्त गर्नु पर्ने उनले बताए । 
करेन बास ट्रष्टकी अध्यक्ष विदुषी राणाले काका शाइलकुमार उपाध्याय र काकी करेन बासप्रति समर्पित गर्दै ट्रष्टको स्थापना गरेको बताइन । उनको काकीको मृत्यु क्यान्सरबाट भएको र त्यसैको चिन्ताले काकाको पनि सात महिनापछि मृत्यु भएको थियो । ट्रष्टको सहयोगबाट कुनै एक जनाको जीवन रक्षा भएमा आफ्ना काकाकाकीको आत्माले शान्ति पाउने अध्यक्ष राणाले बताइन । 

Last modified on 2017-07-24 17:29:01

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

1 Comments

  1. Congratulations to Vidushi and family for this wonderful initiative. This is the most appropriate Sraddhanjali to late Shail da and Karen. We are truly proud of this step in the right direction. Thank you.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts