चश्माले दाग बनेको छ भने यसरी हटाउनुस् !
आँखा हाम्रो शरीरको एक संवेदनशिल अंग हो । आँखाको सुरक्षाका लागि हामी अनेक उपायहरु अपनाउने गर्छौ । तर, कुनै कारणवश यदि तपाईँको आँखामा केही समस्या भयो वा घामको किरणबाट जोगिन तपाईँ चश्माको प्रयोग गर्नुहुन्छ । तपाईँले प्रयोग गर्ने चश्माले तपाईँको आँखा र नाकमा चश्माको दाग बस्न सक्छ । तपाईँ यदि निरन्तर चश्माको प्रयोग गर्नुहुन्छ भने तपाईँले ध्यान दिनु पनि भयो होला तपाईँले प्रयोग गर्ने चश्माले तपाईँको आँखा र नाकको दुवै तिर कालो दाग बसेको । त्यो दागले गर्दा तपाईँ चिन्तित हुनुहुन्छ की दाग कसरी हटाउने भने आयुुर्वेदमा त्यसको उपाय दिएको छ । हामी तपाईँलाई केही यस्ता उपाय बताउन चाहन्छौँ जसको प्रयोगले तपाईँको चश्माले बनेको दाग सजिलै हटेर जान्छ ।
चश्माले बनेको दाग कसरी हटाउने :
१. एलोवेरा : छालालाई शितलता प्रदान गर्ने सबैभन्दा राम्रो उपाय हो एलोवेरा अर्थात घ्यूकुमारी । चश्माले बनेको दागलाई हटाउनका लागि एलोवेराको प्रयोग गर्न सकिन्छ । एलोवेरालाई चश्माले बनेको दागमा लगाएर सुखि सकेपछि चिसो पानीले धुने ।
२. आलु : उमालेको आलुको पेस्ट बनाएर दागमा लगाउने र १५ मिनेट सम्म छोड्नुस । उक्त पेस्टलाई नियमित लगाउनाले दाग हटेर जान्छ ।
३. काक्रो : काक्रोलाई स्लाइस बनाएर आँखामा राख्ने र विस्तारै रगड्ने । यो प्रक्रिया पनि नियमित गर्नाले तपाईँको दाग हट्छ ।
४. कागती : पानीमा कागतीको रस मिसाएर त्यो रसलाई कपासले दाग भएको ठाउँमा लगाउने । १५ मिनट पनि चिसो पानीले पखाल्ने ।
(एजेन्सीको सहयोगमा)
1 Comments
-
If you have a scar due to specks , then there is laser eye surgery at the Tilganga Institute of ophthalmology, so you dont have to wear glasses at all
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>