इबोला संक्रमित नर्स पुनः अस्पताल भर्ना



Download our app to get more features

एजेन्सी – स्कटल्यान्डकी इबोला संक्रमित नर्स पाउलाइन क्याफरकी उपचारका लागि तेस्रो पटक अस्पताल भर्ना भएकी छन् । दक्षिणी लनर्कसायर निवासी ४० वर्षीय यी नर्स इबोला संक्रमित भएपछि ग्लास्कगोको क्विन एलिजावेथ युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।

सियरालियोनमा इबोला संक्रमितहरुको उपचारमा बेलायती स्वास्थ्यकर्मीको समूहसँगै खट्दा उनलाई सन् २०१४ मा इबोला संक्रमण भएको थियो ।

सन् २०१४ मा इबोला संक्रमण भएपछि उनलाई निगरानीमा राखिँदै आएको थियो । उनले गत वर्ष पनि बेलायतमा दुई पटक यसको उपचार गराएकी थिइन् । उनी सन २०१५ को पहिलो मार्च महिनादेखि सर्वसाधारणको उपचारमा खटिएकी थिइन् । गत अक्टोबरमा उनमा इबोला संक्रमण भएको पुष्टि भएको थियो ।

इबोला संक्रमणका कारण लाइबेरिया, नाइजेरिया, गिनी, सियरालियोन, मालीसहितका ६ ओटा अफ्रिकी मुलुकमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।  विश्व स्वास्थ्य संगठनले पछिल्लो पटक १३ जनवरी २०१६ मा लाइबेरियालाई इबोला मुक्त घोषणा गरेको छ ।

-एजेन्सीको सहयोगमा


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts