सिरहा अस्पतालमा औषधालय सेवा सुरु



Download our app to get more features

लहान (सिरहा) ३१ असार । सिरहा अस्पतालभित्र शुक्रबारदेखि अस्पताल औषधालय सेवा सञ्चालनमा आएको छ । 

शुक्रबारदेखि अस्पताल औषधालय सेवा सञ्चालनमा आएको औषधालयमा बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि बिक्रीवितरण गर्ने उद्देश्यले अस्पतालले सो सेवा सञ्चालनमा ल्याएको हो । प्रत्येक अस्पतालले आफ्नै हाताभित्र औषधालय सञ्चालन गर्नुपर्ने सरकारको नीतिअनुसार सञ्चालन गरिएको औषधालयबाट अस्पतालमा निःशुल्क पाइने औषधिबाहेक अन्य औषधिको मूल्यमा पाँचदेखि ५० प्रतिशतसम्म छुट दिई औषधि बिक्रीवितरण गरिने अस्पतालका मेसु डा चुमनलाल दासले जानकारी दिए । 

करिब रु तीन लाखको लागतमा सञ्चालन गरिएको औषधालयमा अस्पतालमा निःशुल्क दिइने औषधिबाहेक ७५ प्रकारको औषधि रहेको जानकारी दिँदै मेसु डा दासले औषधिको प्रकार अझ थप्दै जाने बताए । 

यसैबीच अस्पताल औषधालय उद्घाटनको अवसर पारेर शुक्रबारै निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन सिरहाले अस्पताल परिसरभित्र विभिन्न जातका २०० थान बिरुवा वृक्षरोपण गरेको छ । 

रासस 
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts