नोबेल पुरस्कार विजेता चिनियाँ अधिकारकर्मी लिउको क्यान्सरबाट निधन



Download our app to get more features

सेन्याङ (चीन), ३० असार । लामो समयदेखि जेल जीवन विताईरहेका भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको ६१ बर्षको उमेरमा विहिबार निधन भएको छ । 

कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट पिडित लिउलाई केहीदिन अगाडी मात्रै राष्ट्रिय÷ अन्तर्राष्ट्रिय दवावपछि जेलमुक्तगरी उपचारका लागि अस्पताल लगिएको थियो । 

उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले उहाँको निधन भएको तथ्य आफ्नो वेभसाइट मार्फत् सार्वजनिक गरेको छ । उनलाई तीनदिनदेखि गहन उपचार गरिएको थियो । 

उनको स्वासप्रश्वास प्रणालीमा अवरोध आएको र बुधबार अवस्था थप कमजोर भएको अस्पताल स्रोतले जनाएको थियो । लिउको प्राकृतिक श्वासप्रश्वास प्रणालीमा अवरोध उत्पन्न भएपछि भेन्टिलेटरमा राखी कृत्रिम श्वासप्रस्वास गराउन आवश्यक रहेकोमा उनका परिवारजनले अस्विकार गरेका थिए । 

चीनको शासन व्यवस्थाको पूर्नसंरचा गर्नु पर्ने, आधारभूत मानवअधिकारको उपयोग गर्न पाउनु पर्ने लगायतका अभियान चाल्नु भएका प्रजातन्त्रका अभियन्ता लिउलाई सन् २००८ मा राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको थियो । त्यसपछि सन् २००९ मा उहाँलाई ११ बर्षे जेल सजायको घोषणा गरिएपछि उनले अहिले सम्म पनि काराबासको सजाय भोगी रहेका थिए । 

उनले सन् २०१०मा जेलमै भएका बेला नोबेल शान्ति पुरस्कार पाएका थिए । 

Last modified on 2017-07-14 10:40:59

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts