सुजीको प्रयोगले तपाईँ रहनु हुन्छ सँधै स्वस्थ, जानौँ यसका फाइदाबारे...



Download our app to get more features

सुजी तपाईँ हामीले सबैले सुनेको शब्द हो । सुजी एक यस्तो खाद्य पदार्थ हो जसको प्रयोग हामीले आफ्नो नियमित खानपानमा समावेश गराउन सक्छौँ । सुजीको प्रयोग हामीले खाजामा हलुवा, सुजीको तरकारी, उपमा जस्ता परिकारको रुपमा गर्न सक्छौँ । गहुँले बनेको सुजीमा अनेक पौष्टिक गुण हुन्छन्, जसले हाम्रो स्वास्थ्यलाई फाइदा पुग्छ ।

जानौँ सुजीको फाइदाबारे...

उर्जाको स्रोत : विहानको समयमा सुजीको हलुवा खाजा खानाले तपाईँमा दिनभर उर्जा रहन्छ । त्यसमा पनि यदि तरकारी सँग सुजीको हलुवा प्रयोग गर्ने हो भने त्यसले झर्न बढी फाइदा हुन्छ ।

मुटु रोगमा लाभकारी : सुजीको सेवनले मुटुको लागि राम्रो हुन्छ । मुटु सम्बन्धी रोगबाट जोगाउन सुजीले मद्दत गर्छ । साथै यसले हृदयघात हुनबाट जोगाउँछ र रक्त सञ्चार पनि सहि राख्छ ।

पाचनतन्त्र सहि राख्छ : सुजीमा पाइने फाइबरले पाचनतन्त्रलाई स्वस्थ राख्छ । यसमा क्याल्सेयिम, सेलेनियम, म्याग्नेशियम, फस्फोरस, पोटासियम जस्ता मिनरल्स पर्याप्त मात्रामा पाइन्छ, जसले पाचनतन्त्रलाई सँधै स्वस्थ राख्नमा मद्दत गर्छ ।

इम्युनिटी बढाउन : यसमा पाइने सेलेनियमले शरीरको प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्छ । त्यतिमात्र नभई यसले अनेक प्रकारको इन्फेक्शनबाट पनि बचाउँने काम गर्छ, साथै प्रतिरोधक तन्त्रलाई पनि विभिन्न रोगबाट लड्नका लागि तयार पार्छ ।

रक्त अल्पत्तामा लाभकारी : सुजीमा पर्याप्त मात्रामा आइरन पाइन्छ । यसले शरीरमा रगतको कमीलाई पुरा गर्छ, साथै शरीरमा शक्ति प्रदान गर्ने काम पनि गर्छ ।

स्नायू प्रणालीलाई बलियो बनाउन : सुजीमा पाइने फस्फोरस, जिन्क, म्याग्नेशियमले शरीरको स्नायू प्रणालीलाई बलियो बनाउनमा सहयोगी हुन्छ । साथै सुजीमा पाइने प्रोटिनले छाला र मांसपेशीलाई पनि बलियो बनाउने काम गर्छ ।

डाइटको लागि राम्रो : सुजीको सेवन थोरै पनि गर्नाले पेट भरिने हुदा भोक लाग्दैन जसले गर्दा तपाईँको तौल बढ्ने आशंका पनि नियन्त्रणमा रहन्छ ।
 

(एजेन्सीको सहयोगमा) 

Last modified on 2017-08-01 16:52:29

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts