ओम अस्पतालमा तनाव ! चिकित्सकको लापर्वाहीले बिरामीको ज्यान गएको आरोप

What's This?


Download our app to get more features

काठमाण्डौ, १४ बैशाख । गर्भवती अवस्थामा नियमित जाँचका लागि ओम अस्पताल पुगेकी काठमाण्डौ चाबहिल निवासी २७ वर्षीया सावित्री श्रेष्ठको उपचारमा अस्पतालले लापर्वाही गरेको आरोपमा चर्किएको विवादले ठूलो रुप लिएको छ । सात महिनाको गर्भ लिएर नियमित जाँचका लागि आइतबार हिँड्दै अस्पताल पुगेकी श्रेष्ठलाई स्त्रीरोग विशेषज्ञ रोशन श्रेष्ठले घरैबाट दुखाई कम गर्ने र ग्यास्टिकका औषधि सिफारिस गरेको श्रेष्ठका देवर राजु श्रेष्ठको भनाई छ ।

पीडित पक्षका अनुसार पेनकिलर खाएसँगै एकाएक गम्भीर भएकी सावित्री श्रेष्ठलाई भेन्टिलेटरमा राखिएको थियो । यद्यपी त्यसको जानकारी भने बिरामी पक्षलाई ढिलो गरी सोमबार दिउसोमात्र दिइयो । त्यसपछि सोमबार दिउसो बिरामीको सिटीस्क्यान गरी मश्तिष्कघात भएको रिपोर्ट अस्पतालले जानकारी दियो । भेन्टिलेटरमा रहेकी श्रेष्ठसँग कसैलाई भेट्न दिइएको छैन भने उनको अवस्थाका बारेमा पनि जानकारी दिइएको छैन ।

यसैको विरोध गर्दै अस्पतालमा सयौं बिरामी पक्षधर भेला भएका छन् । उनीहरुले अस्पतालले लापर्वाहीपूर्ण तवरले उपचार गरेको आरोप लगाएका छन् । बिरामी पक्षधर २ जना र अस्पताल प्रशासनका ५ जनाबीच मंगलवार बिहान भएको वार्तामा मृतक श्रेष्ठकी छोरीलाई अस्पतालले १२ क्लाससम्म निशुल्क रिलायन्स कलेजमा पढाइदिने र नर्सिङ पढ्न चाहेमा ओम नर्सिङ क्याम्पसमा निशुल्क पढाइदिने अस्पताल प्रशासनले शर्त राखेको थियो ।

तर सम्झौत गर्ने बेलामा भने सहमति भएको विषयलाई हटाएर झुक्काउन खोजेको भन्दै मृतकका देवर राजु श्रेष्ठले आक्रोश पोखे । यसपछि थप आक्रोशित बनेका पीडित पक्षधरले ठूलो समूह जम्मा गरी अस्पतालमा प्रदर्शन गरिरहेको छ । उनीहरुले अस्पतालको लापर्वाहीले निर्दोष बिरामीको ज्यान गएको भन्दै अन्याय विरुद्ध लड्न सामाजिक सञ्जालहरु मार्फत अपिल समेत गरेका छन् ।

उनीहरुले युवामाझ चर्चित फेसबूक समूह एम।आर।आर मार्फत युवालाई ओम अस्पतालको लापर्वाहीको विरोध गर्न अस्पताल प्रांगणमा जम्मा हुन आग्रह गरेका छन् । अस्पताल प्रशासनले भने अझै कुनै आधिकारिक अभिव्यक्ति बाहिर ल्याएको छैन । अस्पतालका अधिकारीहरु कसैले मोबाइल अफ गरेका छन् भने कसैले फोन उठाएका समेत छैनन् ।

 

Last modified on 2016-04-26 22:06:06

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts