स्थायी कर्मचारीलाई मात्र प्रयोगशाला जोखिम भत्ता

काठमाडौं, १५ कात्तिक । प्रयोगशालामा कार्यरत्त कर्मचारी दिइने भनिएको २५ प्रतिशत जोखिम भत्ता स्थायी कर्मचारीले मात्र पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारको दरबन्दीमा कार्यरत स्थायी कर्मचारीको हकमा मात्र प्रयोगशाला जोखिम भत्ता व्यवस्था गरेको जनाएको छ ।
प्रयोगशालामा कार्यरत कर्मचारीलाई जोखिम भत्ता निर्देशिका २०७२ को दफा ५ क बमोजिम शुरु तलब स्केलको २५ प्रतिशत दिनुपर्ने व्यवस्था छ । त्यस्तो जोखिम भत्ता सम्बन्धि कार्यालयले विनियोजित रकमबाट उपलव्ध गराउनु पर्ने छ ।
Last modified on 2019-11-01 16:12:44