डेङ्गुको प्रकोपले पर्यटक घटेको होइन : श्रीलङ्का सरकार



Download our app to get more features

कोलम्बो, १५ असार । डेङ्गुको प्रकोपका कारण श्रीलङ्कामा पर्यटक आगमनमा कुनै असर नपारेको श्रीलङ्काली एक जना मन्त्रीले बताएका छन् । 

श्रीलङ्काली पर्यटक मन्त्री जोन अमरातुङ्गाका अनुसार केही समययतादेखि डेङ्गु सङ्क्रमणको प्रकोप त छ तर पनि यसका कारण विदेशी पर्यटकको आगमनमा कुनै असर गरेको छैन । 

यो महिना विगतको तुलनामा पर्यटक आगमनमा असर परेको स्वीकार गर्दै उनले भने– पर्यटक घटेका त छन् तर पनि डेङ्गुले गर्दा नभई यो बाढी पहिरोको प्रकोपका कारणले हो । 

अमरातुङ्गाले संवाददाताहरुसँग डेङ्गुको प्रकोप पनि पछिल्लो समयमा नियन्त्रणमा आएको र अब यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नेतर्फ सरकारले काम गरिरहेको बताए । 

यस सङ्क्रमणका कारण श्रीलङ्कामा २१० जनाको ज्यान गइसकेको छ । साथै यसका कारण राजधानी कोलम्बो र यसको आसपासका क्षेत्रका करिब ७० हजार जना बिरामी भएका थिए । 

श्रीलङ्कामा गत वर्ष २० लाख पर्यटक आएका थिए । यस वर्ष त्याँको सरकारले कम्तीमा पनि २५ लाख पर्यटक भित्र्याउने योजनाका साथ काम गरिरहेको समाचारमा जनाइएको छ । रासस
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts