तब अस्पताल जान थाले बर्दिबासका मुसहर...
काठमाण्डौ । नेपाली कलाकारहरु आफ्नो अभिनय यात्रामा मात्र सीमित नभई विभिन्न सामाजिक कार्यमा समेत सकृय हुँदै आएका छन् । पछिल्लो समय यस्तै सामाजिक कार्यमा लागेर उदाहरणीय बनेका छन् सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) । उनीहरुले धुर्मुस सुन्तली फाउण्डेसनको स्थापना गरी विभिन्न नयाँ बस्ति बसाल्न सफल भएका छन् । यस्तै एउटा बस्ती मुसहर बस्तीे । उनीहरुले त्यहाँ बस्ती मात्र बसालेनन् उनीहरुको स्वास्थ्य, शिक्षा, संस्कार लगायत कुरामा समेत परिवर्तन गर्न सफल भए । जतीबेला उनीहरु मुसहर बस्तीमा पुगेका त्यस समयमा त्यहाँको स्वास्थ्य अवस्था धेरै नाजुक थियो । स्वास्थ्य सचेतनाको पनि कमि थियो । उनीहरुले बस्तिसँगै त्यहाँ स्वास्थ्यमा पनि राम्रो परिर्वतन गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले हाम्रो डक्टरसँग कुरा गर्दै त्यहाँको स्वास्थ्य अवस्था र अहिले आएको परिर्वतन यसरी व्यक्त गरे ।
==============
जुन समयमा हामी महोत्तरीको बर्दिबासस्थित मुसहर बस्ती पुगेका थियौं त्यहाँको स्वास्थ्य अवस्था एकदमै नाजुक थियो । त्यसको अवस्थाको कुरा गरेर साध्य छैन् । यस्तो अवस्था थियो की अस्पताल जानु भनेको ठूलो पाप हो भन्ने अनुभूति गर्थे । सकेसम्म धामीझाँक्रीबाटै उपचार गर्ने । सामान्य टाउको दुख्यो भने पनि रातभरी धामी झाँक्री ढ्यांग्रो ठोक्ने तर अस्पतालको नाम लिन चाहदैँनथे उनीहरु ।
जती बेला हामी मुसहर बस्तीमा पुगेका थियौ, त्यतीखेर एकजना बुढी आमा झाडापखलाले सिकस्त भैरहनु भएको थियो । के भएको भनेर सोध्दा रातभरी झाडापखाला भएको रहेछ । के खुवाउनु भयो ? अस्पताल लाने भन्दा किन लाने यतीकै ठिक हुन्छ भनेर हाम्रो कुरालाई वास्ता गरेनन् । जीवनजल खुवाउनु भयो भन्ने मेरो प्रश्नमा ‘जीवनजल ?’ भन्दै उल्टै मलाई नै प्रश्न गरे । यस्तो अवस्थामा जीवनजल खुवाउनु पर्छ भन्ने सामान्य ज्ञान पनि कसै सँग थिएन । पोषिलो झोलीलो खुवाउनु पर्छ भन्ने ज्ञान पनि नभएको अनुभूति भयो ।
त्यहाँका धेरै बाालबालिका कम तौल अर्थात कुपोषणको शिकार भएका थिए । वातावरण पनि धेरै नै फोहोर थियो । चर्पीमा दिशा पिसाव गर्नु पनि ठूलो पाप हो भन्ने थियो । खेतबारीको पाटामा मात्र जाने चलन रहँदै आएको पाइयो । बच्चाहरुले चुलोको छेउमा दिशा गरेको समेत भेटेका थियौं । त्यहाँको अवस्था देख्दा स्वास्थ्यको मात्र होइन शिक्षाको समेत कमी रहेको थियो । छेउमै विद्यालय भए पनि विद्यालय कोही नजाने । स्वास्थ्य अवस्था चिन्ताजन देखिसकेपछि हामीले घर मात्र होइन उहाँहरुलाई स्वास्थ्यका कुरा पनि सिकाउनु पर्छ । शिक्षाका कुरा सिकाउनु पर्छ भन्ने सोचको विकास भयो । । भोलिका कर्णधार उनीहरुलाई सहि शिक्षा तथा सहि मार्ग दिनुपर्छ भन्ने हिसावमा भावना जागृत भयो । घर सँगसँगै यी कुरालाई पनि आत्मसाथ गर्दै अगाडी बढ्यौ ।
अहिले अवस्था हेर्ने हो भने सबैजना अस्पताल जाने गर्छन् । सामन्य टाउको दुख्यो भने पनि अस्पताल जाने गरेका छन् । जस्तोसुकै स्वास्थ्य समस्या देखिएपनि अस्पताल जाने र चिकित्सक कहाँ जाने बानीको विकास भएको छ । विशेष गरी महिलाहरुमा धेरै ठूलो समस्या रहेको थियो । हामीले आफै चिकित्सकका लैजादा समेत खुलेर कुरा नगर्ने जस्ता समस्या रहेको थियो । साथ साथै निशुल्क स्वास्थ्य शिविर पनि सञ्चान गयौ । नजिकै रहेका अस्पतालसँग समन्वय गरेर नियमित जाँचमा लाने गरेका थियौ । यती मात्रै होइन उनीहरुलाई स्वास्थ्य सुधार आए नआएको पनि सोधिरहन्थ्यो ।
अहिले सबैजना खुलेर कुरा गर्ने भएका छन् । विशेषगरी महिला दिदीबहिनीहरु यती संस्कारी हुनुभएको छ । हिजोसम्म कुपोषण भएका बालबालिकाहरु अहिले स्वस्थ भएका छन् । हामीले घर बनाउने समयमा सबैलाई पोषिलो खानेकुरा खुवायौं । उनीहरुलाई पोषिलो खुवाउन लिटो बनाएर खुवाइन् छुट्टै स्वयम्सेवीहरु समेत राखेका थियौ । जसको फलस्वरुप बच्चाहरु यती स्वस्थ हुदै आएक की उनीहरमा आएको परिवर्तन नै हाम्रो लागि खुसीको कुरा हो । त्यो अवस्था देख्दा भक्कानो छोडेर रुन पनि मन लाग्छ । त्यो अवस्थाबाट हामीले धेरै सुधार गयौ ।
अहिले यस्तो लाग्छ असम्भव भन्ने केही पनि रहेनछ । यसमा हाम्रो मात्र हात होइन सबै साथ रहेको छ । हामीलाई साथ दिनै सबैको सहयोगले बस्ती मात्र बनाउन सफल भएनौ, त्यहाँको स्वास्थ्य अवस्थालाई नै परिर्नतन गर्न सफल भयौं । त्यस्तो अवस्था पहिला थियो र ? भन्ने महसुस उनीलाई समेत भएको छ । हाम्रा वस्ती यस्तो थियो र भन्ने अवस्था आएको छ ।
अन्य संघसंस्थाले बनाइदिएको चर्पी समेत भत्काउने र बारीको पाटोमा जानेहरु अहिले हामीले बनाएको घरको चर्पी यती सफा गरेका छन् की भित्रै बसेर खाना खान सकिन्छ । चर्पी सफा राखेका छन् । अहिलेसम्म हामीले जति पनि बस्ती विकास गरेका छौं उनीहरुको लागि बस्ती बनाउने घर बनाउने मात्र काम गरे नौ की उनीहरु संस्कारको विकास गरौं, उनीहरुमा स्वास्थ्य ज्ञान दिन सक्यौ । यसैमा हामीले गर्व गरेका छौं ।