औषधि र स्टेस्थेस्कोप बोकेर गाउँ डुल्ने कँडेल जब वडाध्यक्षको उम्मेद्वार बने...



Download our app to get more features

गुल्मी, ११ असार । दोश्रो चरणको स्थानीय तह निर्वाचनको शुन्य अवधि सुरु हुँदै गर्दा गुल्मी चारपाला –४ का भुपेन्द्र कँडेललाई भोट मागेर भ्यानभ्याई छ । स्थानीय स्तरमा लगनशिल स्वास्थ्यकर्मीका मानिने कँडेल सिएमए पासभएदेखि राजनीति र स्वास्थ्यकर्म दुबै गरिरहेका छन् ।

अरु बेलामा घाँटीमा स्टेस्थेस्कोपी र औषधि बोकेर गाउँ डुल्ने कँडेल अहिले खादा र नेपाली काँग्रेसको झण्डा भिरेर गाउँ डुल्दै छन् । कँडेल असार १४ गते हुन गइरहेको दोस्रो चरणको स्थानिय तह निर्वाचनमा गुल्मीको दरबार गाँउपालीका वडा नम्वर ४ बाट वडा अध्यक्ष पदमा चुनावी मैदानमा  छन् । 

तम्घास टेक्निकल इन्सिट्युटबाट सिएमएमा टपर बनेका उनी सोहि इन्सिट्युटमा अध्यापन गर्दैगर्दादेखि राजनीतिमा सक्रिय भएका हुन् । स्थानीयस्तरमा कल्याण फर्मा र मेडिकल चलाएर बसेका उनी जनताको चाहनामै उम्मेदवार बनेको स्थानीय लोकेन्द्र रजाली दावी गर्छन् । उनी भन्छन् ‘गाउँमा कोही बिरामी भए पहिले खबर उनलाई नै गर्ने धेरै छन् । बिरामीको सेवा मात्र होइन । स्थानीय स्तरका विभिन्न विकास निर्माणमा उनको योगदानलाई कदर गर्दै हामीले उठ्न भनेका हौं ।’ 

उम्मेद्वार कँडेलल भन्छन्ः ‘म अरुलाई नै सहयागे गर्न चाहान्थें । म त क्लिनिक चलाएर गाउँलेको सेवा गर्न बसेको मान्छे हो । तर, गाउँलेको आग्रहले नै म चुनावमा उठेको हुँ । म राजनीतिबाट पनि जनताको सेवा गर्न चाहान्छु ।’ त्यसो त कंडेल राजनीतिक पृष्ठभूमिकै व्यक्ति हुन् । पञ्चालयतदेखि बहुदलसम्मको पुर्खौली राजनीतिमा पछ्याइरहेका उनी स्वास्थ्यकर्मी सँगै तरुणदल चारलापाका अध्यक्ष पनि हुन् ।  

गाउँमा कोही बिरामी परे जिल्ला सदरमुकाम तम्घास या पाल्पाको नानसेन लैजानु पर्ने गाउँलेको बाध्यतालाई चिर्दै गाउँमै सुविधासम्पन्न स्वास्थ्य सेवा उपलब्ध गराउने पनि कंडेलले आफ्नो योजनामा राखेको बताएका छन् । 

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

3 Comments

  1. Best off luck i will wish you 100% you are tup

  2. Agrim subhakamana tara yo news ma charpala bhanera lekheko xa uha birbas ko hunu hunxa so patrakar jee sudharnu pareo

  3. राहुल कँडेलon Sun, Jun 25 2017 06:26 PM

    धेरै खुसी छु जित पक्का१००% दाजुको नै हुनेछ? म राम्रो कामको लागी दाजु लाई बधाई दिन चाहान्छु। best of luck brother 👍👍


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts