फ्रेन्च फ्राइ खानु कत्तिको खतरनाक ! जानौँ यसका बेफाइदा



Download our app to get more features

काठमाडौँ, ४ असार । अहिलेको समयमा फास्ट फूड सबैको प्रिय विकल्प हो भोक मेटाउने । किनकी छिटो छरितो बनाउन र खानमा मीठाे पनि फास्टफूड नै हाे भन्ने मान्यता छ ।

त्यसमा पनि भोक लाग्ने वित्तिकै कसैले फ्रेन्च फ्राइ खान भन्यो भने हामी मध्ये सायदै कसैले नखाने भन्छौँ होला । फ्रेन्च फ्राइको नाम सुन्ने वित्तिकै सबैको मुखमा पानी पनि आउँछ होला । तर, के तपाईँलाई थाहा छ फ्रेन्च फ्राइ तपाईँको स्वास्थ्यको लागि कतिको खतरनाक हुन सक्छ भनेर ? फ्रेन्च फ्राइ एक यस्तो फास्ट फूड हो जसको सेवनले तपाईँको ज्यानै जान सक्छ । तर, यो हामीले होइन हालै गरिएको एक अध्ययनले खुलासा गरेको छ ।

अध्ययनका अनुसार, एक हफ्तामा दुई पटक भन्दा बढी यदि तेलमा तारेको आलु वा फ्रेन्च फ्राइ खानाले ज्यानै जान सक्ने खतरा दुई गुाणा बढी हुन्छ । त्यसैले यदि तपाईँपनि तारेको आलु चिप्स वा फ्रेन्च फ्राइ खाने शौखिन हुनुहुन्छ भने सावधान हुनुस् । फ्रेन्च फ्राइ खानाले तपाईँलाई उच्च रक्तचाप र क्यान्सर जस्ता खतरनाक रोगले च्याप्न सक्छ । 

एक नयाँ अनुसन्धानका अनुसार, संसारमा सबै भन्दा बढी खाइने आलुमा भरपूर मात्रामा पोटाशियम हुन्छ जुन की जानलेवा हो । रिपोर्टमा फ्रेन्च फ्राइमाथि आठ वर्षको अनुसन्धानपछि पत्ता लागेको जानकारी अनुसार तारेको आलु चिप्स वा फ्रेन्च फ्राइ खानु तपाईँको मृत्युको कारण बन्न सक्छ । फ्रेन्च फ्राइमा पाइने खतरनाक केमिकल तत्वहरुका कारण ट्यूमर थाइराइड हुने खतरा पनि बढेर जान्छ ।

अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित यो रिसर्चका अनुसार, जुन व्यक्ति  फ्रेन्च फ्राइ विल्कुलै खाँदैनन् उनको तुलनामा हफ्तामा दुई या धेरै फ्रेन्च फ्राइ खानेहरुमा हृदयघात हुने सम्भावना बढी हुन्छ । उक्त रिसर्चमा ४५ देखि ७९ वर्ष उमेर समूहबीचका ४ हजार ४ सय ४० जना व्यक्तिलाई समावेश गरिएको थियो । उनीहरुमाथि ८ वर्ष सम्म अध्ययन गरियो । त्यसमध्ये २३६ जनाको फ्रेन्च फ्राइ धेरै खानाले मृत्यु भयो ।

रिसर्चमा पाइए अनुसार तारेको आलू खानाले २३६ व्यक्तिको मृत्युको कारण बन्यो । अनुसन्धानका अनुसार, फ्रेन्च फ्राइको बेला तल्ने तरिकाले तपाईँको खानालाई भित्रै सम्म नयाँ र खतरनाक केमिकल बनाइदिन्छ जुन तपाईँको स्वास्थ्यको लागि हानिकारक हुन्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-09-02 14:38:52

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts