कोटेश्वरमा प्राकृतिक आयुर्वेदिक पोलिक्लिनिक सुरु

काठमाण्डौं, ३ असार । कोटेश्वरस्थित प्राकृतिक आयुर्वेदिक पोलिक्लिनिक आजबाट विधिवत रुपमा सञ्चालमा आएको छ ।
चार महिना अघिदेखि सेवा सुरु गरेको पोलिक्लिनिकको एक कार्यक्रमका बीच काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।उद्घाटन कार्यक्रममा बोल्दै मेयर शाक्यले आयुर्वेदिक पुरानो उपचार पद्धती भएकाले यसको संरक्षण गर्नु पर्नेमा जोड दिए । उनले भने ‘यसको विकास तथा संरक्षण गर्न महानगरपालिकाले अध्ययन गरी नीति निमार्ण गर्नेमा जोड दिनेछ ।’ पछिल्लो समय आयुर्वेद क्षेत्रमा आधुनिकरण आँउदै गरेको अवस्था यस प्रकारको पोलिक्लिनिकको स्थापना हुनु महत्वपूर्ण रुपमा रहेको छ ।
५४ सालदेखि आयुर्वेद क्षेत्रमा काम गर्दै आएको महेन्द्र बजा्रचार्यले पोलिक्लिनिका सञ्चालन गरेका छन् । उनेले भने ‘मेरो ४ पुस्ता यस क्षेत्रमा काम गर्दै आएको छ, मैले यसलाई मोडिफाइ गरेर व्यवसायिक रुपमा आयुर्वेदलाई सुरु गरेको छु ।’ पोलिक्लिनिकको साथै प्र्रकृतिक जडीबुटी औाषधि उद्योग पनि सञ्चार गर्दै आएको बज्राचार्यले बताए । हाल उद्योग जीएमपी (कुशल औषधि अध्यास) मा जाने तयारी गरेको छ भने औाषधि व्यवस्था विभागबाट दर्ता भएका ८० उत्पादन बजारमा रहेका छन् ।
पोलिक्लिनिकले आयुर्वेदीय परम्परामा आधारित भएर नसर्ने रोगहरुको उपचार गर्ने प्रबन्ध निर्देशक बज्राचार्यले बताए । जस अनुरुप ग्याष्ट्रिक, पाइल्स, फिस्टुला, युरिक एसिड, अल्सर, लगायतका उपचार हुनेछ । साथै थाइराइड, मधुमेह, उच्च रक्तचाप, तथा दमजस्ता दीर्घ रोगहरुको पनि आयुर्वेद प्रद्दतीद्धारा उपचार हुने छ । यसको साथै पञ्चकर्म अन्तरगत कटि वस्ती, शिरोधारा, जानु वस्ती, भिग्रा वस्तीलाई पनि जोड दिएको छ ।
करिब १८ लाखको लगानी रहेको पोलिक्लिनिक नेपालमै आयुर्वेद तर्फ पहिलो रहेको प्रबन्ध निर्देशक बज्राचार्यको दावी रहेको छ । हाल करिब दैनिक २५ जनासम्मले सेवा दिर्दै आएको पोलिक्लिनिकमा दैनिक एक सयसम्मको सेवा दिने क्षमता रहेको छ ।
सेवा शुभारम्भ सहित पोलिक्लिनिकले एक दिने निःशुल्क शिविर पनि गरेको छ । शिविरमा करिब दुई सय जनाले सेवा दिएको बज्राचार्यले बताए ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।