जाडोमा जोर्नीको समस्या छ? यी ५ उपाय हुन सक्छ लाभकारी



Download our app to get more features

जोर्नीको दुखाईको समस्या जाडोको मौसमा प्रायः मानिसहरु प्रभावित हुने गरेका छन् । त्यसमा पनि विशेषगरि वृद्धवृद्धामा यो समस्या देखिने गर्छ । अस्टियोआर्थराइटिसको स्थिति त्यो बेला उत्पन्न हुन्छ जब तपाईंको जोर्नीमा भएको कार्टिलेज विस्तारै विस्तारै क्षतिग्रस्त हुन थाल्छ र तपाईंको हड्डि एक आपसमा  एक अर्काबाट घस्रिन थाल्छ । जसका कारण जोर्नीमा दुखाई र गतिमा समस्या हुन थाल्छ ।

१) नियमित ज्वान्इट रोटेशन  साइकिलिंग र पौडी जस्ता केहि व्यायमका साथै तपाईं आफ्नो जीवन शैलीमा जोर्नीलाई घुमाउने व्यायाम गर्नुहोस् । जोर्नीको घुमाइले तपाईंलाईलाई दुखाईमा राहत हुन्छ र स्थिति बिग्रनबाट जोगाउँछ । यसका साथै हिँडाईले पनि तपाईंलाई फाइदा हुन्छ । तर, ध्यान दिनुपर्छ कि धेरै तिव्र गतिमा हिँड्नु हुँदैन र हिँड्दा आरामदायक जुत्ताको प्रयोग गर्नुपर्छ । 

२) अभ्यंगको अभ्यास गरौं यो आयुर्वेद चिकित्सा पद्धतिको एक रूप हो, जसमा औषधिय तेलले पुरै शरीरको मालिश गरिन्छ । यसले बातको समस्या गर्नुका साथै उत्तकोबाट टक्सिनलाई बाहिर निकाल्ने काममा पनि मद्दत हुन्छ । यो विधिका लागि अर्गानिक तिलको तेललाई मन तातो गरेर टाउकोदेखि पैतालासम्म लगाउने । र नियमित कम्तिमा पनि १० मिनेछसम्म मसाज गर्नुपर्छ । यदि तपाईं रुमाटाइट आर्थराइटिसबाट पीडित हुनुुहुन्छ भने अभ्यंगको अभ्यास नगर्नुहोस् ।

३) घ्यूको सेवन जोर्नीको रोगमध्ये गेठियालाई एक यस्तो रोगको रुपमा लिने गरिन्छ जसमा वाथ अत्यधिक हुन्छ । जसले पुरै शरीरमा सुक्खापन हुनुका साथै सुन्निन थाल्छ । घ्य, तिल वा जैतूनको तेलको प्रयोग गरेर सुन्निएको भागलाई आराम दिन सकिन्छ । साथै जोर्नीमा नरमपन बढ्न थाल्छ र जकडिएको छ भने त्यसलाई सामान्य बनाउन थाल्छ ।

४) योग योगलाई आफ्नो जीवनको अभिन्न अंगको रुपमा समावेश गराउनुुपर्छ । ताडासन, वीरभद्रासन र दन्डासन जस्ता योगले तपाईंलाई जोर्नीको दुखाईमा राहत हुन्छ र यसले राम्रो सुधार पनि हुन्छ । तर, योग सिकेर मात्रै गर्नु उचित हुन्छ ।  

५) उचित खानपान जोर्नीको दुखाईबाट राहत पाउनका लागि उचित र सन्तुलित खानपान अवाश्यक हुन्छ । रक्ताशली र शष्टिका जस्ता अन्नको सेवनले दुखाईमा राहत हुन्छ । करेला, भ्यान्टा, नीम जस्ता खानेकुराको सेवनले जोर्नीको दुखाईमा बढि भन्दा बढि आराम हुन्छ भने बयर, एभोकाडो जस्ता फलको पनि सेवन फाइदाजनक हुन्छ ।  

कविराज रमेश पनेरु

Last modified on 2022-01-20 11:39:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts