सुरु भयो नेपालमा जनस्वास्थ्य सम्बन्धी ‘नौलो कार्यक्रम’



Download our app to get more features

काठमाडौँ, ३ असार । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले जनस्वास्थ्य सम्बन्धी नौलो कार्यक्रम अन्र्तगत कन्टिन्युइङ पब्लिक हेल्थ एजुकेशन अर्थात जनस्वास्थ्य शिक्षाको निरन्तरता नामक कार्यक्रम सञ्चालन गरेको छ । 

शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा नौलो कार्यक्रमकी दयालक्ष्मी वैद्य (जोशी) ले स्कूले बालबालिकामा “क्यान्सर जोखिम न्यूनीकरण गर्न क्यान्सर सम्बन्धी शिक्षाको महत्व” सम्बन्धमा जानकारी गराइन् । 

उनले क्यान्सर रोगको परिचय, बिद्यालयमा पढ्ने बालबालिकामा यससम्बन्धी ज्ञानको अभाव, तथा ती बालबालिकालाई यस सम्बन्धि जानकारी दिईदा समाजमा क्यान्सर रोगको रोकथाम गर्न सकिने उपायहरु आफ्नो खोज र अनुभवबाट प्राप्त तथ्यहरु प्रस्तुत गरेकी थिइन् । 

कार्यक्रमका सहभागीहरुले ज्ञानमूलक कार्यक्रम समय समयमा हुनु पर्ने र यसले जनस्वास्थ्य शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्न मदत पुर्याउने धारणा राखे । 

प्रत्येक अंग्रेजी महिनाको तेश्रो शुक्रबार आयोजना हुने यस CPHE अर्थात निरन्तर जनस्वास्थ्य शिक्षा कार्यक्रमको मुख्य उद्देश्य जनस्वास्थ्य क्षेत्रमा भइरहेका विभिन्न खोज, अनुसन्धान, तथा कार्यक्रमहरुको आधारमा यस क्षेत्रमा कार्यरत व्यक्तित्वहरु, विद्यार्थी तथा अन्य सरोकारवालाको ज्ञान, शीप र धारणामा परिवर्तन ल्याउन खोज्नु रहेको छ । यसले जनस्वास्थकर्मीहरुले आफ्नो कार्यक्षेत्रमा संचालन गरेका विभिन्न कार्यक्रममा सुधार ल्याउन समेत मदत पुर्याउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा जनस्वास्थ्य विषय अध्ययन गरिरहेका विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता तथा अन्य बिशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।
 

Last modified on 2017-06-17 09:34:45

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts