सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा थप ४ जिल्लामा लागू
काठमाडौँ, २ असार । सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम थप चार जिल्लामा विस्तार भएको छ ।
जुम्ला, भक्तपुर, तनहूँ र चितवनमा विहिबारदेखि स्वास्थ्य विमा कार्यक्रम विस्तार भएको हो । यसअघि आठ वटा जिल्लाहरु कैलाली बाग्लुङ इलाम, ग्याम्दी, कास्की, पाल्पा, अछाम, बैतडीमा यो कार्यक्रम लागू भइसकेको छ ।
बीमा कार्यक्रम सञ्चालन गर्ने निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा. गुणराज लोहनीले आउदो १५ असार देखि थप जाजरकोट, गोरखा र मकवानपुर कार्यक्रम लागू गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
चालु आर्थिक बर्ष भित्रमा २५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याउने योजनाका साथ अघि बढेको समितिलाई स्थानीय निकायको निर्वाचनले अवरोध गरेको थियो । थप भएका जिल्लामा सदस्य बन्नेहरुले आगामी भदौ महिना देखि बीमा बापतको उपचार सुविधा पाउनेछन् ।
हाल सम्म ७० हजारले स्वास्थ्य बिमा बापत सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>