ह्याम्स अस्पतालद्वारा खेलाडीलाई निःशुल्क सेवा
काठमाडौँ, २ असार । राष्ट्रिय पौडी खेलाडी तथा ओलम्पियन शिरिष गुरुङद्वारा स्थापित शिरिष फाउन्डेशनको सहयोगमा ह्याम्स अस्पतालले खेलाडीलाई निःशुल्क सेवा सुविधा प्रदान गर्ने भएको छ ।
नक्सालस्थित क्राउन प्लाजा होटलमा विहिबार आयोजित एक कार्यक्रममा फाउन्डेशनका अध्यक्ष शिरिष गुरुङ र ह्याम्स अस्पतालका निर्देशक भक्तप्रह्लाद पाण्डेले एक वर्षका लागि अस्पतालले प्रदान गर्ने सेवा सुविधा निःशुल्क उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर गरे ।
ह्याम्सका निर्देशक पाण्डेले राष्ट्रको नाम उच्च राख्ने खेलाडीसँग संस्थालाई जोड्न पाउँदा आफू गौरवान्वित भएको बताए ।
फाउन्डेशनका अध्यक्ष गुरुङले सम्झौतापछि आर्थिक अभावका कारण खेलाडीले स्वास्थ्य सेवा लिनबाट बञ्चीत हुन नपर्ने विचार व्यक्त गरे ।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले खेलाडीको हकहितका लागि सरकारले विशेष चासो देखाउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले आफूहरु सदा खेलाडीको हकहितका लागि लागिपरिरहेको भन्दै यस सम्झौताले खेलाडीको स्वास्थ्यमा केही राहत पुग्ने बताए ।रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>