जङगली सागले लियो ज्यान, एक जना गम्भीर बिरामी
बाग्लुङ, २८ जेठ । बाग्लुङमा जङगलबाट टिपेर ल्याएको साग पकाएर खाँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी परेका छन् ।
जंगली साग पकाएर खाँदा गलकोट १० पाण्डवखानीका ४० वर्षीय दुर्गाबहादुर काउचाको उपचारका लागि लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । साग खाएर अर्का ६० वर्षीय जीतबहादुर काउचा भने गम्भीर बिरामी परेका छन् । जंगलबाट टिपेर ल्याएको भिन्न खालको सागलाई गएराति पकाएर खाएका काउचाको स्वास फेर्न गाह्रो भएपछि स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँका अन्य पनि मिलेर साग टिप्न गएको तर साग र अरुले सो वनस्पती भिन्न खालको वनस्पति फाले पनि उनले नचिन्दासँगै मिसाएर पकाएका थिए । मृतक काउचाको शव हरिचौर स्वास्थ्य केन्द्रमा राखिएको छ ।साग खाई गम्भीर भएका जीतबहादुरको शनिबार राति नै धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।