झाडापखालाबाट एकै गाउँका अठार जना बिरामी
प्यूठान, २८ जेठ । प्यूठानको स्वर्गद्वारी नगरपालिका– ५ उपल्लो सारिमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।
झाडापखालाबाट अहिलेसम्म १८ जना बिरामी परिसकेका छन् । तीमध्ये आठ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा र बाँकीको सारीको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीयवासी गिरबहादुर घर्तीले जानकारी दिए ।
उपचारका लागि भिङ्गी र सारिका ल्याइएका बिरामीको अवस्थामा अहिले सामान्य सुधार भएको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीका जनस्वास्थ्य निरीक्षक चूडामणि पोखरेलले बताए ।
झाडापखाला रोकथामका लागि जनस्वास्थ्य अधिकृत सिद्धिमणि सुवेदीको नेतृत्वमा चिकित्सको टोली सारि पुगेको छ । झाडापखाला फैलिनुको कारण दूषित खाना र पानी रहको बताइएको छ । रासस
Last modified on 2017-06-11 14:08:34
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>