फोक्सोमा जाली पर्ने भन्ने थाहा छ ? बेलैमा उपचार नभए मृत्युसम्म हुनसक्छ (भिडियो सहित)



Download our app to get more features

फोक्सोमा लाग्ने रोग अन्य रोगको तुलानामा केही जटिल मानिन्छ । फोक्सोमा लाग्ने रोगमध्ये फोक्सोमा जाली पर्ने पनि एक हो । फोक्सोमा जाली पर्ने कारण र बच्न छाति रोग विशेषज्ञ डाक्टर प्रकाश पौडेलका सुझाव यस्ता छन् । 
विभिन्न कारणले फोक्सोमा लामो समय संक्रमण हुदा फोक्सोमा जाली पर्छ । यसको उपचार पनि केही महंगो र समय पनि बढी लाग्ने भएकाले फोक्सोमा रोग लाग्न नदिन निकै सचेत हुनुपर्छ ।
नेपालको सन्दर्भमा फोक्सोका बिरामीहरु धेरै छन् । अस्वस्थ वातवरण, खानपानका कारण फोक्सोमा जाली पर्ने समस्या बढ्दो छ । 
फोक्सोमा जाली पर्ने प्रमुख कारण:

  •  कुनै पनि कारणले फोक्सोमा लामो संक्रमण हुनु ।
  • रोग प्रतिरोधात्मक क्षमता कम हुनु ।  
  • क्यान्सर, दम लगायतका रोग प्रतिरोधात्मक क्षमता कम पार्ने दीर्घ रोगको नियमित औषधि सेवन गर्नु । 
  • धुँवा धुलोमा बढी हिड्नु । 
  • धुम्रपान गर्नु ।
  • एचआईभी एड्स लाग्नु ।

यी उमेर र काम गर्ने व्यक्तिलाई यसको सम्भावना बढी:
यो समस्या अधिकांशमा उमेर बढेसँगै देखिन्छ वा व्यावसायिक काम सुरु गरिसके पछि देखिन्छ । तर बच्चाहरुमा पनि नदेखिने भने हैन् ।  ईट्टा उद्योग, चिनि उद्योग, मार्वल, ढुंगा, माटो,लगायतका बढी धुलोका कणहरु हुने काम गर्दा फोक्सोमा संक्रमण हुन्छ । जसले सहज रुपमा फोक्सोबाट श्वास लिने र बाहिर निस्कने प्रक्रियामा अबरोध हुन्छ र अन्ततः बिस्तारै फोक्सोमा जाली पर्न थाल्छ । 
यसका लक्षणहरु:

  •  सुख्खा खोकी लाग्ने ।
  • श्वास फेर्न अप्ठ्यारो हुने ।
  • छाति भारी भएजस्तो हुने ।
  • राति गाह्रो हुने ।
  • शरीर निलो हुने ।
  • तौल घट्दै जाने । 
  • आलस्य हुने ।

बच्ने उपाय:

  •  बढी धुलोको कण हुने वा धुँवा धुलोमा काम गर्दा त्यसबाट बच्न विशेष साबधानी अपनाउने । 
  •  कुनै पनि लक्षणको शंका लागे तुरुन्त स्वास्थ्य परीक्षण गराउने । 
  •  यो समस्या देखिहाले चिकित्सकको सल्लाह बमोजिम नियमित औषधिको सेवन गर्ने । 
  • नियमित व्यायाम गर्ने ।
  • धुम्रपान नगर्ने ।
  • स्वस्थ खाना खाने । 

यो सर्ने रोग भने हैन । तर एकपटक लागेपछि पूर्ण निको हँुदैन । समयमै थाहा पाएर औषधि सेवन गर्दा रोकथाम गर्न भने सकिन्छ । समयमै उपचार नभए ज्यानै जान सक्नेसम्मको खतरा हुन्छ । 

भिडियो हेर्नुहोस्

 


 

Last modified on 2019-03-12 07:11:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts