३९ जना चिकित्सकको बढुवा गर्ने सरकारको निर्णय
काठमाडौँ, २५ जेठ । स्वास्थ्य मन्त्रालयले ३९ जना चिकित्सकलाई बढुवा गर्ने भएको छ ।
मन्त्रालयको बढुवा समितिले ३९ जना चिकित्सकलाई नवौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । समितिको मंगलबार र बुधबार बसेको बैठकले योग्यताक्रमका आधारमा उत्कृष्ठ उम्मेदवारलाई बढुवा गर्ने निर्णय गरेको हो ।
लोकसेवा आयोगको सूचना अनुसार सबै समूहमा आवश्यक दरखास्त नपरेका कारण कन्सलटेन्ट डर्माटोलोजिष्टमा तीन पद मध्ये दुई जनाको मात्रै बढुवाका लागि सिफारिस गरिएको भने कन्सलटेन्ट इएनटी सर्जन चार पद मध्ये दुई जना मात्रै बढुवा भएका छन् ।
त्यसैगरी, कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट पदमा १० जना मध्ये २ जना, मेडिकल सुपरीटेन्डेट पदमा ८ मध्ये ५ जना मात्रै सिफारिसमा परेका छन् भने कन्सलटेन्ट प्याथोलोजिष्ट, नर्सिङ प्रशासक औषधि व्यवस्थापक लगायतका पदमा पनि आवश्यकता जति सिफारिस हुन सकेका छैनन् ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>